ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दमाई जातिको पञ्चैबाजा


एबीसी न्यूज

नेपाल एक स्वतन्त्र मुलुक हो । यो मुलुक सानो भएपनि यहाँ धेरै जातजातिका मानिसहरु बसोबास गर्दछन् । विविधता नै विविधताले भरिपूर्ण देश नेपाल , भौगोलिक साँस्कृतिक, धार्मिक तथा जातीय सम्पूर्ण कुरामा विविधता पाइन्छ ।

१२५ जात जातिका आ आफ्नै किसिमका धर्म संस्कृति, भेष भुषा र भाषा पहिचान रहेका छन् । विभिन्न जातिका मानिसहरुले आफ्नो जातिय र भाषा संस्कृतिको उत्पति सम्वन्धमा अध्ययन अनुसन्धान गर्दै आफ्नो जातिय जोगाउदै गई रहेको यस परिवेशमा नेपाली भूमिमा सवै जातिहरु सरह बसोबास गर्दै आएको दमाई जातिको पनि आफ्नै किसिमको सँस्कृति तथा पहिचान रहेको छ । दमाई जातिको धर्म सँस्कृति प्राय गरेर क्षेत्री बाहुनको जस्तै भएपनि केही पृथक र पेशागत रुपमा फरक नै रहेको पाइन्छ । कलाकारिता देखि अन्य विधामा दमाई जातिका मानिसहरु प्रखर भएको प्रमाणहरु प्रशस्तै पाइन्छ ।

गीत, सँगीत, सिलाई बुनाई तथा खेतीपाती परम्परागत पेशा नै हुन् तर दमाई जाति साथै अन्य विधा र देशका महत्वपूर्ण क्षेत्रहरुमा पनि दमाई जातिहरुले ठाउँ पाई महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

सबै नेपाली जातजातीका आफ्नै परम्परा तथा मौलिकता छन् । यीनीहरुको मौलिकता जोगाई राख्नु आजको आवश्यकता बन्दै गएको छ । जब सम्म यीनीहरुको अस्तित्व रहन्छ, तब सम्म देशको अस्तित्व पनि रहिरहन्छ । आफ्नै मौलिक परम्परा मुल्य मान्यताले सुसुजित यीनीहरुको मिश्रित सँस्कृतिले नेपाली समाज मग्मगाइरहेको छ ।

राष्ट्र निर्माता स्व. राजा पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तिस वर्णका फुलबारी भनेका छन् । नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा नेपाली बृहत शब्दकोश अनुसार ः चार जात भन्नाले ब्राहम्ण, क्षत्री, वैश्य र शुद« बुझिन्छ । जसमा शुद«को अर्थ आर्य वर्ण व्यवस्था अनुसार अन्तिम वा चौथो वर्ण हो ।

एउटा पूजा विधि सहित रुद्रि पद्धतिको कितावको द्वितीयो अध्यायको ९ र १० को अनुच्छेदमा यसो लेखिएको छ ।
“यत्त्पुरुषं व्व्यदधु कतिधा व्व्यकल्प्पयन् । मुखङ्किमस्यासीत्त्किम्बाहू किमुरुपादाऽउच्च्येते” ।। १०।।
“ब्ब्राह्मणोस्य मुखमासीद्बाहू राजन्न्य कृत । ऊरु तदस्य यद्ध्द्धैश्श्य पभ्दया शुद्दोऽअजायत ” ।।१ज्ञ।।
अर्थ,
विश्वरुप भगवानको मुख, वाहु, तिघ्रा र पाउँमा को बस्छन् ? भनि ९ मा प्रश्न गरिएको छ र १० मा उक्त प्रश्नको उत्तर दिएको छ । भनिएको छ कि बाह्मण मुखमा, क्षेत्री बाहुमा , वैश्य तिघ्रामा र पाउँमा शुद्र बस्दछन् ।
श्लोकले सिधा अर्थ जहाँ छुत अछुत को कुनै कुरा गरिएको देखिंदैन । विश्वरुप भगवानको सबैले पुजा गर्दछन् । सम्पूर्ण वर्ण जाति मिलेर विश्वरुप भगवानको स्वरुप बनेको छ भने यसमा सबै समान र पुजनीय देखिन्छन् । यसैमा मिल्दो जुल्दो के छ भने शुद्रको अर्थ आर्यहरुको वर्ण व्यवस्था अनुसार अन्तिम वा चौथो वर्णका भनिएको छ । यसरी भगवानको मुखबाट गन्दै ल्याउँदा चौथो नम्बरमा पाउँ पर्न गयो तर उनीहरु पुजनीय छन् किनकी सवैले भगवानको पाउँमा ढोग्दछन, पुष्प चढाउँछन् ।
वि . सं . २०६८ सालको जनगणना अनुसार देशको कुल जनसंख्या २,६४,९४,५०४ रहेकोमा ४७२८६२ चाँहि दमाई जातिको संख्या छन् । यी जातिहरु राज्य भरी नै फैलिएर रहेका छन् ।

जनसंख्याका हिसावले कुल जनसंख्याको १.७८४% जनसंख्या भएको दमाई जातिले प्राचीन काल देखिनै आफ्नो परिचय बनाएर आएको पाइन्छ । बडामहाराजधिराज स्व. राजा पृथ्वी नारायण शाह को एकिकरण अभियानमा विशे नगर्चीले उनलाई युद्ध सामाग्री खरिदमा सहयोग गरेका थिए । त्यस्तै पुर्व राष्ट्रिय धुनको रचयिता स्वर्गीय बखत बहादुर बुढापृर्थी थिए । यी दुबै दलित दमाई समुदायका थिए ।
दमाई जातिको उत्पत्ति कसरी भयो यो एउटा गहन विषय हो ।

दमाई जातिको उत्पत्ति कसरी भयो भन्ने कुरा बुझ्नु भन्दा पनि पहिले जातिहरुको उत्पत्ति कसरी भयो भन्ने कुरा बुझ्नु आवश्यक हुन आउँछ । विश्वमा जब मानव जातिको उत्पत्ति भयो तब देखिनै मानवको विकास क्रम देखि नै उनीहरुले गर्ने कामहरु उनीहरुको विवेक सीप संग छुट्टिदै आयो । भिन्ना भिन्नै काम मानिसहरुलाई सजिलै संग चिन्नका लागि एक एक नामहरु दिए विस्तारै मानिसको संख्या बढ्दै जाँदा यहि नामलाई जातिको संघ्या दिइयो । विश्व विभिन्न देशहरुमा बाँडियो जसरी हामी वैज्ञानिक हिसावबाट कुनै विषयलाई वर्गिकरण गर्दै अध्ययन गर्दछौँ त्यसरी नै विश्व पनि बाँडियो अनि बाँडिएको विश्वमा पनि विभिन्न वर्गिकरण गरियो । हरेक विभाजन र वर्गिकरणका आधारहरु रहे त्यस्तै जात काम, रहनसहन, सँस्कृतिका आधारमा जातिय विभाजन भयो। अधिकांस देशहरुमा दलित जातिहरु रहेका छ, ती देशहरुमा फरक नाम दिइएको होला तर उनीहरुको पनि जाति विशेष काम एकै रहेको छ ।

नेपालमा दमाई जातिको उत्पत्ति कसरी भयो भन्ने कुरामा धेरै विद्धानहरुले आ आफ्नो किसिमका विचार र अभिव्यक्ति दिएका छ । किम्वन्दन्ती कथा लेख वा प्रत्यक्ष दमाई समुदाय संगको अन्तवार्ता लिएर दमाई जातिको उत्पत्तिको अड्कल गरेका छन् । कसैले कामका अधारमा , कसैले व्याकरणका अधारमा उत्पत्तिका कुराहरु प्रकाश पार्ने काम गरीएको छ । तर जे जस्ता भएपनि दमाई जाति धेरै पहिले देखिनै रहिआएको पाइन्छ । दमाई जाति देश भरिनै फिजिएर रहेको पाइन्छ । यहाँ दमाई जाति भन्दै जाँदा अछुत भनेर भनिएको दमाई भनेर भनेको होइन । किनभने अछुत भने पछि समाज विस्तार हुदैँ जाँदा मानव निर्मित्त शब्द हो । त्यसैले दमाई जाति हरेक जातिय समुदायमा रहेको जातिय समुदाय हो जो आर्थिक, शिक्षा, स्वास्थ्य बाट पिछडिएको छ। यो शब्द मात्र वलिष्ठ जातिय समुदायको थिचो मिचो बाट उत्पन्न एउटा उपज मात्रै हो ।

“पहिले गाउँ घरमा उत्सवको बेलामा बाजा बजाउने मान्छे कोही थिएनन् । एकदिन गाउँके मान्छेको घरमा उत्सव मनाउने कुरा भएको थियो । उसलाई त्यस बेला बाजा बजाएर रमाइलो संग उत्सव मनाउने इच्छा भयो र एउटा तामाको भाँडामा बनाइ दमाहा बनाउन लगायो । त्यस दमाहा माथि उसले मिलाएर दुइवटा गजा राख्यो । त्यसपछि आफ्नो समाजका मान्छेहरुलाई उसले भन्यो कि हेर जसले सबैभन्दा पहिलो चोटी यो दमाहा गजाले हान्ला, त्यसैले नै हाम्रो समाजमा सधै बाजा बजाउने काम गर्ला ।

उत्सवका दिन उसका घरमा धेरैे पाहुनाहरु जम्मा भएका थिए । उसकी छोरी पनि आफ्नो सानो छोरा लिएर त्यस घरमा आएकी थिईन् । त्यस दिन त्यसै सानो केटोले पहिलो पल्ट त्यसै राखेको दमाहा गजाले हान्ने काम ग¥यो । त्यसै दिन देखि गाउँलेहरुले त्यसै केटोलाई दमाहा बाजा बजाउने काम सुम्पिदिए । दमाहा बजाएकोले समाजले उसलाई दमाही भन्न थाले । विस्तारै दमाही बाट दमाई भन्न थाले छन् । आमा चाँहि रुदै गाउँलेहरुसंग आफ्नो छोरोलाई दमाई नबनाइदेओस् भनि आग्रह गरिन् । उसका दाजूले उसलाई सम्झाउदै भन्यो , पीर नमान बहिनी तिमीलाई खान पुग्ने धान दिउला , मेरो लुगाहरु सिलाउन लगाउला , बिहे व्रतबन्धमा भान्जालाई अघि लगाउंला , म भन्जालाई हलो जोताउन्न, बाउसो खन्याउन्न, देउताको पिँडिमा ल्याउँला, राजाको अघि अघि ल्याउला । भनि दाजूले बहिनीको चित्त बुझायो तर बिस्तारै गाउँलेले बालक लाई अछुत भनि हेर्दै गए र आउने पिँडिलाई पनि त्यसै अनुरुप हेर्दै गयो ।”

धेरै वर्ष पहिले नौमती बाजा बजाउने मानिसहरुलाई बाजे भनिन्थ्यो । उनीहरु मत्र नौमती बाजाहरु बजाउने भएकोले बाजे भए । बाजा बजाउने बाजे भए । विस्तारै उनीहरुलाई बाजानै बजाउने भएर समाजमा घृणा गरिन्थ्यो। त्यसैले उनीहरु त्यति बेलाका ऋषिमुनि जसलाई भगवान सरहनै मानिन्थ्यो उनीहरु कहाँ गएर गुहार माग्न गए । ऋषिमुनिहरुले बाजेहरुलाई भने, –“तिमीहरुलाई बाजे बाट बाहुन बनाइदिन्छौं त्यहि अनुसार काम गर तर तिमीहरुले यो काम गर्न सक्दैनौ र विस्तारै तिमीहरु पहिलेकै काम र नाममा आउनु पर्ने अवस्था हुन्छ ।” यसरी भनेका ऋषिमुनिहरु ऋाज बाहुन भनेका अहिले फेरी बाजा बजाउन थालेका छन् । बाहुनका जुन गितावेदहरु भनेका सवै विश्वकर्माका थिए । त्यसैले विश्वकर्मालाई आज पनि पूजा गर्दछन् ।

धार्मिक ग्रन्थ “ऐतरेय ब्राह्मण” का अनुसार हरिशचन्द्र नामक एक निसन्तान राजा थिए । उनले आफ्नो सन्तान सुख प्राप्तिका लागि वरुणदेवको स्तुति गरे । यदि मेरो पुत्र लाभ भए वरुणदेवमा बलि चढाउने छु भनि भाकल पनि गरें । संयोग वश उनको पुत्र भयो । जसको नाम रोहित राखियो। तर पुत्र लाभ भएर पनि राजाले वलि दिन अनेकौं बहाना गरि आलटाँल गर्न थाले । त्यो देखेंपछि वरुणदेव क्रोधित भई सजाएको भागी हुनुपर्ने धम्की दिए । त्यसपछि राजाले एउटा वर वलि दिने वाचा गरें । उनले त्यसपछि एउटा ऋषिसंग उनको पुत्र शुनशेपलाई एक सय गाई दिएर वलिका लागि खरिद गरी बाँधि राखें । शुनशेपले विष्णु इन्द्रादि देवताहरुमा आफ्नो प्राण जोगाउनका लागि स्तुति गर्न लागें । देवताहरु खुसि भई उनलाई प्राण दान दिए ।

यी सबै कुराहरु विश्वामित्र सामून्य भएको थियो तसर्थ उनले शुनशेपलाई धर्मपुत्र बनाएर आफ्नो आश्रम लगें । अनि आफ्ना ५० भाई छोराहरुलाई बोलाइकन आफ्ना धर्मपुत्र देवरथलाई ( धर्मपुत्र बनाएपछि राखिएको नाम) आफ्नो भाईको दर्जा दिन आज्ञा गरें तर उनीहरुले त्यस आज्ञालाई अस्वीकार गरें । आज्ञा उल्लंघन गरेको हुदाँ विश्वमित्रले आफ्ना पचास भाई छोराहरुलाई दण्ड स्वरुप अन्ध्र, पुण्ड्र, शवर, पुलिन्द , मुतिव आदि जातमा परिणत हुने सराप दिए । यी जात त्यस बखत दस्युको गणनामा आउँथ्यो अर्थात आर्य भन्दा भिन्न थिए । संवतः यसै किवंदन्तीका आधारमा स्मृतिग्रन्थका निर्माता मनुले पौण्ड्र, औन्ध्र, दविय, कम्बोज, यवन, शक, पारद, पल्ख चीनी, किरात, दरद, र खसलाई क्षेत्रीय मानेका हुन् । कालान्तरमा वैदिक संकार नभएको कारण तथा ब्राह्मणको संम्बन्धबाट अलग रहेको हुदाँ शुद्रको श्रेणीमा आएका हुन् ।

यसै गरी दमाई जातिको उत्पत्तिको अरु पनि फरक मतहरु रहेका छन् । महानन्द सापकोटाका अनुसार दमाई फरसी मुलक हो । गजाले हानेर बजाउने बाजा दमामा फारसी शब्द हो । नेपाली जनजिब्रोले दमामा लाई दमाहा बनायो । दमाहा पञ्चैबाजा मध्येको प्रमुख एक बाजा हो । आफ्नो घरमा दमाहा हुने र भिर्ने मान्छे नै त्यतिखेर दमाही भयो । शब्द माधुर्य र उच्चारण शौकार्यका निम्ति दमाहीले दमाईको रुप लियो ।

यता व्यक्तिगत र सामाजिक कारणका कारण दमाई जातिको फरक प्रकारले उत्पत्ति भएको बताएका छन् भने यता डा. हर्क गुरुङ, “द दलित कन्टेक्स्ट” अप्रकाशित लेख (२००३) का अनुसार काठमाडौं उपत्यका राजा जयस्थिति मल्ल (वि.सं. १३८२ ÷९५) ले नेवार समुदायका ६४ जातको व्याख्या गरें तर गोरखाका राजाले थोरै मात्र जातिय संरचनाको नमुना प्रस्तुत गरे त्यसपछि पाल्पाली हुदैं अरु विभिन्न राज्यका साथै काठमाडौंमा पनि क्रमशः हिन्दुवादको सुरुवात हुँदै गयो । पृथ्वी नारायण शाहको उपत्यका विजय पछि सबै भन्दा पहिलो कार्य हिन्दुवादको जरो बलियो बनाउनु रह्यो । किनकी उनले नेपाललाई विशुद्ध हिन्दु राज्यको रुपमा हेरेका थिए । त्यहि हिन्दुवाद नै कालान्तरमा गएर नेपाल अधिराज्यको अस्तित्वको प्रमुख कारण बन्यो । यसरी नेपालमा जातिय छुवाछुतले विस्तारै जरो गाड्दै गयो। पहिलेको नेपालको मुलुकी ऐन १८५४ लिखित अनुसार शुद्ध अशुद्ध जातको आधारमा ३ समूहमा छुट्याएको थियो पछि पुनः ४ जातमा विभाजित गरियो । तर जातिय छुवाछुत प्रथा भने कायमै रह्यो ।

सामाजिक धार्मिक राजनैतिक अनि व्यक्तिगत रुपमा दमाई जातिका फरक उत्पत्ति व्याख्या भएका छन् । यहाँ कसैले भनेको कुरामा यकिन गर्न सकिदैन । सापकोटाका कूराहरुमा पनि स्पष्टता देखिदैन । गोरखा राजाले गर्दा चलेको छुवाछुत प्रथा कायमै रहँदा छुवाछुत प्रथाले पिडित व्यक्तिका समूहलाई कामका आधारमा फलाम बनाउने कामी, लुगा सिलाउने दमाई, छाला जुताको काम गर्ने सार्की लगायत अन्य काममा विभाजन गरिएकालाई सोही अनुसारको जातले नामांकरण गरिएको अनूमान गर्न सकिन्छ । जस्को फलस्वरुप अछुत जातिको रुपमा समाजमा दमाई जाति भएर बाँच्न बाध्य भएको अनुमान पनि तथ्य भएको आधारमा गर्न सकिन्छ ।
राजनैतिक व्याख्यामा छुवाछतका कारणले दमाई जातिको उत्पत्ति भएको देखाइएका छन् भने सामाजिक कथामा बाजा बजाउनेलाई दिएको सम्मानलाई प्रष्ट बुझ्न सकिन्छ । जे जस्तो भएपनि दमाई जातिको उत्पत्तिका यकिन तथ्य रहेको पाइन्न । विभिन्न अवधारणा अनुसार दमाईजातिका बारेमा जस्ता सुकै विचार आए पनि नेपालमा दमाईहरु(ऐतिहासिक) आदिवासीका रुपमा मान्नुनै न्याय सम्मत हुन जान्छ ।

नेपालमा प्राचीन कालदेखि नै अनेकौं प्रकारको बाजा बजाइदै आएको पाइन्छ । नेपाली प्राचीन मुर्तिकला पाषाण कलाहरुमा पनि त्यसको महत्वपूर्ण प्रमाण फेला परेका छन् । देवताहरुको मूर्तिमा दुन्दुभि, पभु, त्रिशूल (मुर्चुङगा), शंख, वानो जस्ता बाजाहरु बजाएको देख्न पाइन्छ । नेपाली सँस्कृतिमा बाजाको परम्परा त्यस बेला देखि नै अक्षुण्ण रुपले रहिआएको छ । यसै मध्ये नेपाली जनजीवनका सुख दुखको अनिवार्य साथी पञ्चैबाजा नै लोकप्रिय रहेको छ ।

हिन्दु धर्ममा पञ्चैबाजा वैदिक युग देखि नै चलिआएको छ । पञ्चैबाजा अन्तर्गत बजाइने आजका दमाहा, झ्याली, ट्याम्को र सहनाईको नाम वैदिक युगमा अर्कै थियो । त्यस बेला दमाहालाई दुन्दुभि र भेरी भनिन्थ्यो । झ्यालीलाई आघाती , ढलकीलाई पटह र सहनाईलाई श्रृङ्ग भनिन्थ्यो । श्रृङ्ग एउटा प्राचीन शुषिर वाद्य हो । फुकेर बजाइने सिङ्ग जस्तै आकार भएकाले श्रृङ्ग नाम रहन गएको हुनु पर्छ । ट्याम्को भने दमाहाको सानो रुप भएकाले यो पञ्चैबाजा अन्तर्गत नै रहन आएको हो । पौराणिक कालमा पञ्चैबाजाको प्रयोग निकै भएको पाइन्छ । रामायण, महाभारत र अरु पुराणहरुमा पनि पञ्चैबाजाहरुको उल्लेख भएको पाइन्छ । नेपाली समाजमा जन्म देखि विवाह, व्रतबन्ध , चाडवाड , जात्रामात्रा, मेलापात , तिथि, पर्व, पुजाआजा आदि हरेक उत्सवमा पञ्चैबाजा घन्केको पाइन्छ ।
पञ्चैबाजा तारबाजा बाहेक संगीत शास्त्रमा विभाजित तीनै थरिका बाजा रहेका छन् । यस अनुसार अनाद्धवाद्यमा दमाहा, ढलकी र ट्याम्को पर्दछन् । शषिर वाद्यमा सहनाई पर्दछ र घन वाद्यमा झ्याली पर्दछ ।

सुर तालको उचित संयोजनबाट बनेको बाजाहरुको संयुक्त रुप पञ्चैबाजा अत्यन्तै वैज्ञानिक ढङ्गले बनेको छ । प्रकृतिमा रहेका पाँच तत्व (पञ्चतत्व) पृथ्वी, जल, अग्नि, वायु र आकाश तत्वको विशेषता यी बाजाहरुले बोकेको पाइन्छ । जस अन्तर्गत ट्याम्को पृथ्वी तत्वको प्रतीक हो भने दमाहा जल तत्वको , त्यस्तै गरि झ्याली अग्नि, ढलकी वायु र सहनाई नर्सिङ्गा या कर्नालले आकाश तत्वको प्रतीक बझाउँछन् ।

पञ्चैबाजाको विशेषता भनेको नै सुन्ने बित्तिकै मानिसको मनमस्तिष्कलाई छुनु हो । जो कोही पनि पञ्चैबाजाको संगीत सुनेपछि प्रभावित हुन पुग्नु यसको महत्वपूर्ण विशेषता नै हो । यसरी सुन्नासाथ प्रभावित पार्न सक्नुको कारण पञ्चैबाजामा रहेको पञ्चतत्वको संयोजन हो भन्ने विज्ञहरुको धारणा रहेको पाइन्छ । जसरी मान्छेलाई आरोग्य भइरहन प्रकृतिमा रहेका पाँचतत्वको सन्तुलन हुनु जरुरी छ । पाँचैतत्वबाट उत्पन्न संगीतले पनि आकाश तत्वलाई नै उत्पन्न गर्दछ । यसैकारण पञ्चैबाजाले सबैलाई खुशी (मंगल) राख्दछन् । पञ्चैबाजाको आकाश तत्व यति प्रभावशाली हुन्छ कि यसले मान्छको शरीरको केन्द्रिय स्नायू प्रणालीलाई तुरुन्तै प्रभावित गर्दछ । स्नायू प्रणालीलाई सकृय गराएर मस्तिष्कलाई एक किसिमको ताजगी प्रदान गर्न सक्नु पनि पञ्चैबाजाको विशेषता हो ।

मंगल राग
यो पञ्चैबाजा बजाउदा सुरुमै बजाउने राग हो। हम्रा धाम्रिक साँस्कृतिक अनुष्ठान पुरा गराउन गणपतिको आराधना गरे झै गनृ लागेको मंगल कार्यहरुलाई विना कुनै बाधा अवरोध सु सम्पन्न गराउनको लागि आ आफ्नो इष्टदेवी देवताहरुलाई आराधना गरि मंगल राग बजाइन्छ । स्थान भेद अनुसार नेपालको फरक ठाँउमा फरक रागहरु छन् । मंगलको अर्थ वादक मात्र नभई आयोजित समारोहका सहभागीहरुले शरिरमा पञ्चतत्वको सन्तुलन संगीतको आकासतत्वबाट गराई आरोग्य बनाउनु पनि हो। तसर्थ मंगल राग नबजाई कुनै पनि शुभकार्य गरिदैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com