ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महभिर झरनाको फेदीमा कृतिम पोखरी निर्माण


bhawani desk

म्याग्दी, १८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ ।

ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा यस वर्ष कृतिम पोखरी निर्माण भएको छ ।

असी वटा ग्यावियन भरेर पर्खाल लगाई दुई मिटर गहिरो पोखरी बनाइएको उपभोक्ता समितिका सदस्य हेम गर्बुजाले बताउनुभयो । वरपर पर्खाल लगाएर घेराउ गरी आकर्षक पोखरी बनाइएको छ ।

पोखरी बनाएपछि झरना थप आकर्षक देखिएको छ । आगामी वर्ष रेलिङ, पार्किङस्थल र प्रतिक्षालय निर्माण गर्ने योजना रहेको छ । झरनादेखि करीब ५० मिटर नजिक रहेको बेनी जोमसोम सडकमा दैनिक हजाराँै आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्छन् ।

प्रचारप्रसार र पूर्वाधारको कमीले झरना सुनसान अवस्थामा छ । पहाडको फेदीमा करीब १०० मिटर माथिबाट निकै आकर्षक र मनमोहक देखिने महभिर झरना पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको छ । उक्त झरना नजिकै मन्दिर पनि रहेको छ । जहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ ।

यातायातको पहुँच रहेकाले उक्त झरनामा साहसिक खेल क्यानोइङ पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष गमबहादुर फगामीले बताउनुभयो । स्थानीयवासी र सरोकारवालासँग समन्वय गरेर झरनालाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने अध्यक्ष फगामीले बताउनुभयो ।

पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतका रुपमा समेत परिचालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष फगामीले बताउनुभयो । झरनाको पर्यटन विकास गर्नसकेमा नजिकै होटल तथा रेष्टुराँ, होमस्टे सञ्चालन गरेर स्थानीयवासीले आम्दानी गर्नसक्ने सम्भावनासमेत छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com