
काठमाडौं ,१८ असार । कर्णाली बबई र पश्चिम राप्ती र नारायणीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिँदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको विभागले जानकारी दिएको छ ।
कर्णालीमा बाढी आएपछि चिसापानी आसपासका नागरिकलाई सचेत रहन विभागले आग्रह गरेको छ ।
बबई नदीमा बाढी आए बर्दिया, सुर्खेत, जाजरकोटका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ । यस्तै पश्चिम राप्तीको बाढीले बाँके, दाङमा जोखिम बढ्छ भने नारायणीको रजैया क्षेत्रमा सचेत रहन विभागले आग्रह गरेको छ । । यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको थियो ।



















प्रतिक्रिया दिनुहोस्