ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राङ्गारिक एवं अर्गानिक मलको उत्पादन शुरु


bhawani desk
असार १७, २०७५ आईतबार  ५ : ३९ बजे

विराटनगर, १७ असार । मोरङको कटहरी गाउँपालिका–४ मा रहेको वाग्मती फर्टिलाइजर्स एण्ड केमिकल्स (उद्योग)ले कृषि क्षेत्रको उत्पादकत्व बढाउन प्राङ्गारिक एवं अर्गानिक मलको उत्पादन शुरु गरेको छ ।

दिगो कृषि विकासका लागि प्राङ्गारिक खेती गर्ने उद्देश्यले सो उद्योगले धान, गहुँ, मकै र उखुलगायत तरकारी तथा फलफूलको उत्पादकत्व बढाउन करीब एक दर्जनभन्दा बढी विभिन्न ब्राण्डका मल उत्पादन शुरु गरेको हो ।

उद्योगका सञ्चालक सावरमल खेतानका अनुसार सो उद्योगबाट सोना अर्गानिक फर्टिलाइजर, हिमाल माटो सुधारक, हिमाल बायोफर्टिलाइजर, सोना जिंक, सोना म्यानेसियम, सोना निमाजिम, सोना माइक्रो न्यूटेन्स, शिखर जाइन, शिखर जाइम, सोना मल्टिनिम, सोना सुपरस्टिकलगायतका मल उत्पादन शुरु गरेको छ ।

उद्योगले धेरै अगाडि रासायनिक मल उत्पादनका शुरु गरेको तर केही वर्षदेखि बन्द भएपछि पुनः प्राङ्गारिक मलको उत्पादन शुरु गरेको हो ।

करीब रु एक करोड मूल्यबराबरको लागतमा अर्गानिक मल उत्पादन गरी त्यसको परीक्षण व्यवस्थापनको कार्य शुरु भएको बताइएको छ ।

प्राविधिकसहित ४० जना कामदार रहेको उक्त उद्योगले दैनिक १० टन प्राङ्गारिक मल उत्पादन गर्न शुरु गरेको छ ।

उद्योगका लागि भारतबाट जिंक सल्फेट, पेस्टिसाइड, जाइम, जिंक तथा स्थानीयस्तरमा कुखुराको सुली, मेसमड र कृषि चुनलगायत कच्चा पदार्थबाट सो प्राङ्गारिक मल उत्पादन भइरहेको सञ्चालक खेतानको भनाइ छ ।

सो उद्योगबाट उत्पादित मलबाट मानव स्वास्थ्यमा असर नपर्ने तथा कृषि उत्पादकत्व बढ्ने विश्वास उद्योगको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवका अनुसार प्रयोगशाला रिपोर्टका आधारमा यस उद्योगले आफ्नो उत्पादन शुरु गरेको बताउँदै अहिले यो परीक्षणका रुपमा रहेको छ ।

रङ्गेलीका कृषक फणीन्द्र सुवेदीले रासायनिक मलभन्दा प्राङ्गारिक मल खेतीका लागि उत्तम भएकाले गुणस्तरीय प्राङ्गारिक मल आज किसानको आवश्यकता हो भन्नुभयो ।

सो उद्योगले सुनसरीको झुम्कामा रहेको बीउबिजन केन्द्रमा धान रोपाइँसँगै खेतमा मल वितरण गरी परीक्षण शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com