ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारामा आँप उत्पादनमा वृद्धि


bhawani desk

कलैया, १७ असार । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताउनुभयो ।

उत्पादनभएका आँपमध्ये बम्बै रु ७५, माल्दा रु ७०, दशहरी रु ५० कृष्णाभोग रु ४० र अन्य आँप रु ३० देखि ३५ सम्ममा कलैया बजारमा बिक्री हुँदै आएको छ ।

गत वर्ष २०७३÷७४ मा कुल एक हजार २२५ हेक्टर क्षेत्रफलमा जमिनमा रु ८४ करोड तीन लाख ५० हजारबराबरको एक हजार २०५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

वडाध्यक्षद्वारा नगरपरिषद् बहिष्कार 

कलैया उपमहानगरपालिकाको दोस्रो नगरसभाको तेस्रो दिन आज अधिकांश वडाध्यक्षले सभा बहिष्कार गरेका छन् । नगरप्रमुख राजेशराय यादवले सभालाई व्यवस्थित नगरेको आरोपमा ती वडाध्यक्षले सभा बहिष्कार गरेको उपमहानगरपालिकाका प्रवक्ता विक्रम यादवले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

आर्थिक वर्ष २०७४÷७६ सालको रु ९१ करोड ९२ लाखको बजेटको हिसाब किताब दिन नमानेपछि आफूहरुले नगर परिषद् बहिष्कार गरेको वडा नं ४ का वडाध्यक्ष जटाशंकर सहजनीले बताउनुभयो ।

नगरस्तरीय बजेट रु ११ करोड २२ लाखमा नगरप्रमुख यादवले नेपाली काँग्रेसका कार्यकर्तालाई पाल्ने काम गरेको आरोप वडा नं ३ का वडाध्यक्ष ज्लाउदिन मन्सुरले लगाउनुभयो ।
पोषण भत्ता, नगरपालिकाको गाडी दुरुपयोग, तेलमा मनोमानीपूर्ण वितरण गरेको उहाँको भनाइ थियोे ।

यस विषयमा नगरप्रमुख यादवसँग प्रतिक्रिया लिँदा उहाँले विरोध गर्ने अधिकार सभामा उपयोग गर्नुपर्नेमा केही वडाध्यक्षले बिना कारण सभा छोडेर हिँडेको बताउनुभयो ।

मधेशीको अधिकार कसैले रोक्न नसक्ने– पूर्वाधार मन्त्री सोनल 

प्रदेश नं २का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मधेशीको अधिकार कसैले रोकेर रोक्न नसक्ने बताउनुभएको छ ।

आज आयोजित राष्ट्रिय जनता पार्टीको क्षेत्रीय सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मधेशको अधिकारका लागि जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं ४ का सांसद एकवाल मिया, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, उपप्रमुख पवनकुमार ब्याहुत, प्रसौनी गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ता, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह, शिक्षा सेवा आयोगका पूर्व सदस्य योगेन्द्र राउत कुर्मी, देवताल गापा अध्यक्ष चन्दन सिंह, महिला नेत्री पिन्की यादव, नेताहरु जयप्रकाश साह, महेन्द्र राउतलगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com