काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालसहित आज सिंगापुरबाट फर्किँदैछन् । पत्नी सीताको उपचार र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधी खुवाउनुपर्ने भएपछि तीन दिन अघि एक सातासम्म सिंगापुरमै रहने बताइए पनि अध्यक्ष प्रचण्ड आजै स्वदेश फिर्ता हुन लागेका हुन् । अध्यक्ष प्रचण्ड बाहिर हुदाँ पार्टीका काम अघि नबढेपछि फर्किने निर्णय भएको एक स्रोतले जानकारी दिएको छ । प्रचण्ड ९ बजे राती सिल्क एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।




















प्रतिक्रिया दिनुहोस्