ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब बुलेट बाइक ६० हजारमै , माइलेज ९० किमी प्रति लिटर


एबीसी न्यूज

 

बुलेट बाइकको मूल्य चर्को भएकै कारण धेरै युवाले आफ्नो सपनालाई विपनामा परिणत गर्न सकिरहेका छैनन् । तर, अब बुलेट चढ्ने सपना सहजै पूरा हुने भएको छ, त्यो पनि थोरै लगानीमा बेलायती मोटरसाइकल ब्राण्ड रोयल ईनफिल्डका लागि कुनै परिचय आवश्यक पर्दैन । मोटरसाइकल चलाउने तथा नचलाउने जो–कोहीले सहजै रोयल ईनफिल्डको मोटरसाइकल हो भन्ने छुट्याउन सक्छन् । तर, मूल्यका कारण सबैले यो मोटरसाइकल खरिद गर्न सक्दैनन् । अब भारतमा रोयल ईनफिल्डको विकल्पमा नयाँ मोटरसाइकल रोयल इण्डिया आएको छ ।
रोयल इण्डिया मोटरसाइकल रोयल ईनफिल्डको बुलेट जस्तै छ । यो मोटरसाइकल बाइक विल्डर रोयल उडो भुवश्वरले बनाएका हुन् । रोयल इण्डियाको मोटरसाइकल बुलेट जस्तै देखिए पनि यसको इञ्जिन क्षमता १ सय सीसी मात्र छ ।

रोयल इण्डिया बुलेटको सिट, इन्धन ट्याङ्क, राउण्ड हेडल्याम्प सबै रोयल ईनफिल्ड बुलेटको जस्तै छ । मोटरसाइकलको अन्य आकार प्रकाश समेत ठ्याक्कै रोयल ईनफिल्डको जस्तै छ । रोयल इण्डिया बुलेट चलाउँदा रोयल ईनफिल्ड चलाए जस्तै अनुभव हुने दाबी उत्पादकको छ ।

रोयल इण्डिया बुलेट १ सय सीसीको आवाज पनि ओरिजिनलसँग मिल्दो छ । एक सय सीसीको मोटरसाइलकमा उस्तै आवाज आउन नसक्ने भए पनि त्यस्तै आवाज निकाल्ने प्रयास गरिएको छ ।

यो मोटरसाइकल विशेषगरी जो रोयल ईनफिल्ट मोटरसाइकल चढ्ने चाहाना राख्छन्, तर मूल्य उनीहरूका लागि बाधक बन्छ उनीहरुको लागि भएको कम्पनीले जनाएको छ

यो मोटरसाइकलको मूल्य ६० हजारदेखि ७० हजार भारतीय रुपैयाँमा पाइने छ । त्यति मात्र होइन, रोयल इण्डियाको मोटरसाइकल निक्कै ईकोनोमिक समेत छ । यो मोटरसाइकलले १ लिटर पेट्रोलले ९० किलोमोटर माइलेज दिने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com