भीमदत्तनगर, १५ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ ।
लेकम गाउँपालिका– १ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रसिंह बोहराले २९२ मत तथा नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले २१३ मत प्राप्त गर्नुभयो । सो वडामा कुल एक हजार ८० मत खसेको थियो ।
लेकम गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उत्तम नाथले ३४९ मत, एमालेका परमानन्द जोशीले ३४८ तथा माओवादी केन्द्रका रामदत्त जोशीले अहिलेसम्म २४६ मत प्राप्त गर्नुभएको छ ।
जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्