ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाङटाङमा मोटरबाटो निर्माणको कार्ययोजना स्वीकृत


bhawani desk
असार ११, २०७५ सोमबार   १० : ४१   बजे

रसुवा, ११ असार । पर्यटकीय क्षेत्र लाङटाङमा मोटरबाटो निर्माणको कार्य योजना स्वीकृत भएको छ ।

आइतबार सम्पन्न गोसाइँकुण्ड गाउँपालिकाको तेस्रो गाउँसभाले शेर्पागाउँ, लामाहोटेल, घोडातबेला, हुँदै लाङटाङ गाउँको नजिक थाङसाप भन्ने स्थानसम्म मोटरबाटो निर्माण गर्न कार्य योजना स्वीकृत गरेको र आगामी आर्थिक वर्षमा मोटरबाटो निर्माण सम्पन्न हुने गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

दैनिकरुपमा ३० देखि ४० जना स्थानीयवासी आन्तरिक एवं बाह्य पर्यटक ओहोरदोहोर गर्ने उक्त मार्गमा धुञ्चेबाट क्याङजेन पुग्न तीन दिन लाग्ने र मोटरबाटो निर्माण भएपछि काठमाडौँदेखि क्याङजेनसम्म एक दिनमै पुग्न सकिने भएकाले यो मार्गलाई महत्वका साथ प्राथमिकता दिएको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङकाअनुसार हिमाली प्रकृतिको छटा अवलोकन गर्न जाँदा पर्यटक बिरामी परेमा प्रतिकूल मौसमले हेलिकप्टर जान नसक्ने अर्काेतर्फ समुद्री सतहबाट तीन हजार ४०० देखि तीन हजार ९०० मिटर उचाइ क्यङजेनसम्म दैनिक उपभोग्य वस्तु र पर्यटकीय सामग्रीका साथै विकास निर्माणको सामग्री ढुवानीमा असहज भएका कारण स्थानीयवासीको चाहना र पर्यटकको हितका लागि मोटरबाटो निर्माण गर्न लागिएको हो ।

लाङटाङ क्षेत्रमा अधिकांश निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी गर्नुपरेको वास्तविक समस्या र लाङटाङमा बसोबास गर्ने ११६ घर परिवारको चाहनालाई सम्बोधन गर्दै स्थानीय सरकारले जनचाहना पूरा गर्न लागेको बताउँदै लाङटाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले मोटर बाटो निर्माणको कार्ययोजना स्वीकृतबाट स्थानियवासी खुशी भएको बताउनुभयो ।

यस्तै धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माणको कार्य योजना पनि गाउँसभाले स्वीकृत गरेको छ । प्रारम्भिक सर्वेबाट केबुलकारको दूरी सात किमी कायम भएको बताउँदै गापा अध्यक्ष तमाङले धुञ्चे गोसाइँकुण्ड केबुलकारको विस्तृत अध्ययन प्रतिवेदन एवं डिपिआर तयार गर्न ३ नं प्रदेश सरकारले समेत बजेट विनियोजन गरिसकेकाले अब छिट्टै केबुलकार निर्माण हुने बताउनुभयो ।

यसैगरी गाउँसभाले विश्वमा दुलर्भ रहेको रेडपाण्डा हाबे्र नामक पार्क निर्माण पर्यटकीय पूर्वाधार निर्माण, ट्राउट माछा प्रवद्र्धन, तीन वटा ठाडो खोलामा जलविद्युत् निर्माणको अध्ययन, कृषि र पशुपालन क्षेत्रमा प्रोत्साहन, हिमाली क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको सुरक्षाका लागि पर्यटकीय मार्गमा जिपिएसमा आधारित उपकरण जडान गर्नेजस्ता नयाँ र महत्वकांक्षी कार्ययोजनासमेत स्वीकृत गरेको छ ।

सम्बृद्ध रसुवा निर्माण गरी हिमाली क्षेत्रका बासिन्दाको समस्या हल गर्ने र पर्यटन प्रवद्र्धन गर्ने खालका नीति तथा कार्यक्रम आएकोमा रसुवा नागरिक समाजले स्वागत गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिका तेस्रो गाउँसभाले आव २०७५÷७६ का लागि विभिन्न शिर्षकमा रु २० करोड १५ लाख २६ हजार वार्षिक बजेटसमेत विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष कारग्याल्मो श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज सातै प्रदेशमा वर्षाको सम्भावना

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

खुला इन्टरनेटको अन्त्य

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group