ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय बसपार्क कान्तिपथबाट हट्ने


bhawani desk
असार १०, २०७५ आईतबार   ५ : ३९   बजे

काठमाडौँ, १० असार । राजधानीबाट देशका विभिन्न पर्यटकीय गन्तव्यमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक बोकेर आवतजावत गर्ने बसलाई सोह्रखुट्टेस्थित सडकमा सार्न लागिएको हो । बस आगामी असार १६ गते कान्तिपथबाट सोह्रखुट्टे सारिनेछ । गृह प्रशासन सुधार योजना बमोजिम गृहमन्त्रीको निर्देशनमा पर्यटक बसलाई अन्यन्त्र सार्न लागिएको हो ।

पर्यटक बसपार्कलाई स्थानान्तरणका लागि काठमाडौँ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा एउटा समिति गठन गरिएको थियो । जसमा ट्राफिक प्रहरी, सरोकारवाला निकाय र वडा प्रतिनिधि सहभागी थिए ।

काठमाडौं महानगरपालिकाका सहसचिव ज्ञवालीले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाउन लागिएको बताए।

‘तत्कालका लागि सोह्रखुट्टे–चमती करिडोरको बाटोबाट पर्यटक बस सञ्चालन गर्ने निर्णय भएको छ’, उनले भने, ‘सुन्दर महानगर निर्माणका लागि बसपार्क स्थान्तरणले राम्रो सहयोग पुग्ने छ ।’

कान्तिपथबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर काठमाडौँ–पोखरा र काठमाडौँ–सौराहा जाने गर्दै आएका छन्।

कान्तिपथबाट बसपार्क हटाएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने भएकाले क्षणिक समयका लागि सोह्रखुट्टेलाई प्रयोग गर्न दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले बताए।

गृहमन्त्रीको निर्देशनपछि पर्यटकीय सवारी साधनलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्ने महानगरपालिका र ट्राफिक प्रहरीको तयारी भए पनि व्यवसायीले नयाँ बसपार्क जान नमानेपछि अहिले अस्थायी रूपमा सोह्रखुट्टे करिडोरलाई सवारी छुट्ने स्थानका रुपमा प्रयोग गर्न लागेका हुन्।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले बसपार्क हटाउँदा पर्यटकलाई आवतजावतमा समस्या हुने भएकाले ठमेल क्षेत्रवरपर नै सरकारले दिगो रुपका लागि बसपार्क निर्माण गरिदियोस् भन्ने हाम्रो माग रहेको बताए।

सरकार, महानगरपालिका र वडाले इच्छा देखाए ठमेल आसपासको क्षेत्रमा पर्यटकीय बसपार्क निर्माण गर्न सकिने उनको भनाइ थियो । मुलुकको पर्यटन विकास गर्न पर्यटकीय सवारी साधनका लागि बेग्लै बसपार्क बनाउनुपर्ने अध्यक्ष आचार्यले बताए। मुलुकको विकासका लागि पूर्वाधार महत्वपूर्ण कुरा भएको उनको भनाइ थियो ।

हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्‍याउँदै आएका छन् ।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म कान्तिपथमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका र रातिको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज सातै प्रदेशमा वर्षाको सम्भावना

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

खुला इन्टरनेटको अन्त्य

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group