ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यहाँ महिला मात्र हैन पुरुषपनि गुलाम छन्


abc

शारदा शर्मा
शारदा शर्मा

मानिसले बनाएको एउटा मेशिन केही समय अगाडी निकै चर्चित बन्यो विश्वभर । अझ महिला भनेर साउदी अरबले नागरिकता दिएपछि त्यो मेशिनको चर्चा निकै चुलियो पनि । सामान्य रुपमा हेर्दा पनि चिनिया नागरिक जस्तो देखिने त्यो यन्त्रलाई महिलाकै भेषभुषामा सजाइएको थियो । मानिसहरुले सोधेको जवाफ दिनसक्ने सफ्ट्वयर जोडेर तयार गरिएको त्यो मेशिनलाई महिलानै बनाएर प्रस्तुत गरिरहंदा मेरो मनमा अनगिन्ति प्रश्नहरु सलबलाए ।

त्यो मेशिन जस्लाई साउदी अरबले महिला भनेर नागरिकता पनि दियो, जे भए पनि त्यो मेशिन मानिसलेनै बनाएको मेशिन हो । बिज्ञान र प्रबिधिले उच्च गति लिएको बर्तमान समयमा मानिसले बनाएको उक्त मेशिनलाई सोफिया नामाकरण गर्ने मानिसहरुनै हुन । त्यो निर्माण र प्रयोगमा महिलाहरुको पनि बलियो उपस्थिती रहेको हुनुपर्छ । यो प्रबिधिमा राम्रो छलाड.पनि हो । तर मेरो मनमा अनेक सवालहरु जवाफ बिहिन नै छन् । आज पनि, आखिर मेशिन मेशिननै हो जस्लाई मान्छेले नै निर्माण गरे, तर त्यसलाई सोभित, सुभम नाम पनि दिन सकिन्थ्यो तर असाध्यै सुन्दर महिलाको रुपमा त्यो मेशिनलाई प्रस्तुत गरियो ।

लाग्यो यसलाई केटा मान्छे बनाएर पनि त प्रस्तुत गर्न सकिन्थ्यो । बिज्ञापनको दुनियामा रोवर्टलाई पनि महिलाकै रुपमा प्रस्तुत गर्नुपर्ने यो दुनियाको सोच नै कति उदेक लाग्दो होला ? हुन त दुनिया न महिला बिना नै चलेको छ न पुरुष बिना नै, न यो ठूलो बिषय थियो न यो मेशिन मेरो देशमा उत्पादन गरिएको थियो र पनि मेरो सानो दिमागमा यी कुराहरुले अनेक तहल्का मच्यायो । केही समय अगाडी काठमाडांैमा उत्रिएर एउटा कार्यक्रममा तिमि त अनमोल के सी जस्ता देखिन्छौ नी भनेर मेशिनले बोलिरहदा पुरुष मानसिकता भित्रको उन्मादको एउटा छाल पक्कै पनि ती मेयरको दिमागमा घुमेको हुनुपर्छ । किनकी मेशिन केटीको रुपमा छ ।

असाध्यै सुन्दर केटी, जस्को ओठमा लाली छ, आँखामा गाजल छ, कपडा पनि त्यसरी नै पहिरिइएकि छन् सोफियाले । यसरीनै प्रत्यक महिला सोफिया बने भने ? मेशिन जस्तै स्पात बनेर ?? उ त मानिसको इसारामा चल्ने मानिसले बनाएको औजार हो । तर हामी महिलाहरु त ? काठमाडांैमा स्पात बनेर एउटा मेशिन महिलाको रुप धारणा गरिरहदा र हाम्रा दाजुभाइहरुले त्यो मेशिनसंग अनेक सवाल गरिरहेको अवस्थामै यहिको एउटा घरभित्र महिला बलात्कृत बनेकी छन् । दुर दराजको कुरा नगरौ दिनदाहाडै शहरमा महिलाहरु बच्चा बच्चीहरु हिंसाको शिकार बनिरहेका छन् । आखिर किन ? यहा मानविय सोच नै कमजोर बनेको हो ? पुरुष मानसिकता हावी भएको हो ? या महिलाहरुले आफुले आफैलाई बुझ्न नसकेको ? केही बुझ्न सकिन ।

अनेक कुराहरुले दिमाग भित्र कमिला सल्बलाए जस्तो लाग्यो । प्रविधिको नाममा एकातिर मान्छेले नै बनाएको मेशिन मान्छेको रुपमा प्रस्तुत हुन सक्षम छ , अर्कोतिर त्यहि प्रविधिको बिकास गर्न योग्यहरु त्यसको प्रयोगकै कारण अनेक बिकृतिमा लिनछन् । कस्तो कुरालाई हामीले अनुशरण गर्ने भन्ने कुराको ज्ञान नभएर हो ? नैतिकता हराउंदै गएको हो ? या समाजमा मानवियताको अन्त हुन थालेको हो ? हजुर आमाका धेरै कुराहरु यहाँ पनि सम्झिए । जतिबेला धर्मको नाममा व्यापार हुन्छ धर्मको नाममा कालो काम हुन्छ धर्मको बुर्का भित्र अनेक धन्दाहरु चल्न थाल्छन् त्यतिबेला समाज र सामाजिक नियमहरुले ट्याक छोड्न थाल्छन , अनेक बिकृति र बिसंगतिहरु बढ्न थाल्छन् । त्यतिबेला भगवानले पनि केही गर्न सक्दैनन उनी पनि निरिह बन्छन् ।

हजुरआमाले भनेका धेरै कुरा सहि लाग्दा लाग्दै पनि भगवान निरिह हुने कुरा पटक्कै मन पर्दैनथ्यो मलाई । लाग्थ्यो भगवान निरिह हुनै हुदैन । न मैले भगवान नै देखेकी थिए न आजसम्म देखेकी छु र पनि सोच्थें आत्मअनुशासन नै भगवान हो र हरेक भित्र भगवान हुनुपर्छ र हुन्छन् । तर जहा अनुशासनको अन्त हुन्छ मानिसहरु स्वतन्त्रताको नाममा आफुले आफैलाई बिर्सदै जान्छन समाज र सामाजिक मुल्यमान्यताहरु कमजोर बनाइदै जान्छन त्यतिबेला यस्तो अवस्था आउछ । साँच्चै भगवान एउटा आस्था र विश्वास हो अनुशासन र अनुशरण हो । जुन अनुशासन र अनुशरण छोडेर मान्छेले आफुलाई अगाडि बढाउदै लान्छ त्यतिबेला उ जनावर जस्तै बन्छ र थाहा हुंदैन म के गरेको छु भन्ने अनि मैले के गर्न हुन्छ या हुन्न भन्ने ।

सायद त्यसैले त आज जताततै हाम्रा छोरी चेलीहरु माथि हिंसा भएको छ , बच्चाहरु माथि हिंसा भएको छ । यो मानवता हराउंदै गएको आभास हो । मैले सार्वजनिक संजालहरुलाई नियाले यो संजालले जीवन सहज बनाउनेहरु पनि छन् यही संजालले जीवन लथालिंग बनाउने हरुपनि छन् । यहां प्रविधिलाई भन्दा पनि हामी हाम्रो सोचलाई नियालौ त आज हाम्रा छोरीचेलीहरु किन असुरक्षित छन ? अनावश्यक कुरा गर्ने , संजाल प्रयोग गरेर हिंसा गर्ने, अनेक प्रभोलन देखाउने ,आश्वासन दिने, यस्ता बिकृतिहरु पनि निकै फैलिएका छन् । सेलिब्रेटिको नाममा अनेक अस्लिल कुराहरु पस्केर खुलेआम समाजलाई प्रभाबित पार्ने खालका समाचार र म्यासेजरु दिने । यस्ता कुराहरुले समाज दिनदिनै संबेदनहिन बनेको छ । दिनदाहाडै छोरीचेलीहरु बलात्कृत हुने र असुरक्षित हुने गरिरहेका छन् । हामीले प्रविधिलाई कसरी प्रयोग गर्ने ? जीवनलाई कसरी बुझ्ने ? जीवन के हो ? खुसी के हो अनि प्रविधि के हो ? यसलाई राम्रोसंग बुझ्न र बुझाउन सकियो भने हिंसाका घटनाहरु रोक्न अलि मद्धत हुन्थ्योकी ? मन अतासियो यहां मैले अक्षर जोडेर शब्द बनाइरहदा मेरै टेलिभिजनको स्क्रीनमा महिला बलात्कृत भएको रिपोटनै प्रस्तुत भैरहेको थियो ।

आफन्त बनेर साथी बनेर एउटा सर्कलनै बनेर बलात्कार हुन्छ । अनेक नामाकरण गरिन्छ, बोक्सीको उपाधि भिराइन्छ अनि सजाय दिइन्छ आखिर किन ? प्रत्यक घर घरमा समाज सामाजिक नियम र अनुशासन सिकाउन सकियो भने यो निकै कम हुनेछ ? सोचे हामीले जन्माएका छोराहरुबाट हामीले नै जन्माएका छोरीहरु दिनदाहाडै बलात्कृत हुंदैछन एकपटक सोचौत अनुशासन हामीले सिकेनौ या सिकाउन सकेनौ ? हामी महिलाहरु जो संग अनेक तागत छ ,जुनसुकै लेवलमा होस घर समाल्ने देखि समाज र देश निर्माण गर्नमा हाम्रो उत्तिकै योगदान छ जति हाम्रा बा भाइ छोराहरुको छ । सायद घरमा श्रीमति संग सल्लाह नगरि निर्णय लिने कुनै पनि पुरुष छैनन् एकाध बाहेक । उपस्थिति महिलाको जहा जसरी होस । यती कुरालाई महसुस गर्न सक्दा मात्र हामीले आधा अधिकार प्राप्त गरिसकेका छौ । बाकि आधा अधिकार प्राप्त गर्न र समाजलाई समुन्नत बनाउन हामी महिलाहरुको ठूलो हात छ । लाग्यो महिलाहरुले मनबाटै चाहाने हो भने दिनदाहाडै हुने हिंसा कम हुन समय लाग्ने छैन ।

किनकी हामीले हाम्रा भाइछोरा, बा, श्रीमान , पुसाजु, काका, देवरानी, सासु , नन्द अनेकले अनेक रुपमा समाजमा गरेका हिंसाको खुलारुपमा बिरोध गर्न सकेंउ भने पक्कै पनि समाज समुन्नत हुनेछ । आँखै अगाडि तपाईको बा ले अर्को कसैलाई हिंसाको शिकार बनाएको छ भने बिरोध गर्नुस । नाता जे सुकै परोस श्रीमान बाउ , भाइ , छोरा , आमा , काकी , छोरी बुहारी नभनीकन हामीले नै उनीहरुलाई सजाय दिन सकेंउ भने हाम्रो अगाडि हिंसा निकै कम हुनेछ । आफैले निर्माण गरेको समाज समुन्नत गराउन हामी आंफैले पहल गरेनौ भने हामीले खोज्ने अधिकार कहिल्यै पनि प्राप्त हुन सक्ने छैन ।

समाज सामाजिक संरचना ,जीवन र जगतका धेरै कुराहरु सिक्दै सिकांउदै मुख्य रुपमा सामाजिक अनुशासनलाई अनुसरण गर्न सकियो भने मात्र समाजमा हिंसा कम हुनेछ किन की यहाँ बिभेद छोरा छोरीमा हैन बिभेद हाम्रो सोचमा छ । यहाँ लोग्ने मान्छेहरु पनि गुलाम छन, श्रीमतीहरु पनि गुलाम छन् । जीवन केहो ? भनेर बुझ्नेहरुको लागि अनि सामाजिक नियम र मुल्य मान्यतामा चल्नेहरुको लागि यी शब्दहरुले कुनै असर गर्दैन किनकी मान्छे मान्छे मिलेर समाज बनेको हो । लोग्ने मान्छे र आइमाइ मान्छे बिना बनेको समाज हामीले देखेको पनि छैनौ र सुनेको पनि छैनौ तर यो सामाजलाई कुन बाटोमा लाने अनि कुन मान्छेलाई कसरी हेर्ने र कस्तो सम्मान दिने भन्नेत हाम्रो आफ्नै कुरा हो जव हामी आफ्नै कुरामा लडेर अनेक बखेडा शिर्जना गर्छौ साँच्चै हिंसा बढ्ने रहेछ त्यसैले समाज र यसको प्रकृया बुझौँ अनुसाशनमा रहेर सामाजिक मुल्य मान्यताहरुको अनुशरण गरौ प्रयास गरेर हेरौं ।

समाजमा महिलालाई बोक्सी भनेर नामाकरण गरिदा हाम्रा भाई छोराहरु भन्दा हामीनै धेरै उक्सीने गरेका छौं । हाम्रा छोरीहरुको इँज्यत लुटिदा घर भित्रको इँज्यत भनेर बाहिर आउन नदिनेमा हाम्रा भाइ छोरा भन्दा हामीनै अगाडि छौ । त्यसैले यस्ता अनेक कुराहरुलाई सुधारौ र हामी महिलाहरुले प्रयत्न गरौ । मेशिनलाई सोफिया नामाकरण गरेर स्टेजमा उभ्याइदा उसको सुन्दरताको हैन उसको क्षमताको बिकास गर्ने मान्छेहरुलाई नै बुझौ मान्छे जे पनि गर्न सक्छ यदि उसले अनुशासनलाई अनुशरण गर्न सक्यो भने । आजको जमाना भनेर गलत कुरालाई अगाल्ने हैन राम्रो कुराको डटेर पालना गर्न सकियो भने के यी अनेक विसंगतीहरु हाम्रो समाजबाट हटेर जानेछैनन् र ??

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

काठमाडौं, २५ साउन । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार रात बाढी पसेपछि

परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने

काठमाडौं, २५ साउन ।   चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक

प्रहरी कार्यालयसहित काठमाडौंको काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार

काठमाडौं, २५ साउन ।  अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ।गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो। साथै

सम्बन्धित

पेलोसी ताइवान उडेको विमान चीनले खसालिदिन्छ भनेर अमेरिकी सेना डराएको हो ?

एसिड र अग्निपिडित महिला घरभित्र झनै हिंसामा – रुमी राजभण्डारी, संस्थापक, अस्तित्व नेपाल, समाजसेवी

पुष्पलाललाई गद्दार भन्नु हाम्रो गल्ती थियो

वर्षा, प्रेम र झरीको सँगम साउन महिना : विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा

यस कारण नेपालमा श्रीलंकाको अवस्था आउँदैन

समान राजनीतिक धारणा भएका पार्टीहरुवीच गठबन्धन हुन आवश्यक छ : भिम रावल (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...