ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्ण सागर पौडेलसंगको कुराकानी ( भिडियोसहित )


एबीसी न्यूज
जेष्ठ २४, २०७५ बिहीबार   १२ : ५४   बजे

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लाख नया क्यान्सरका बिरामी देखिन्छन् र बर्सेनि विश्वमा करिव ७५ लाख व्यक्तिको मृत्यु हुने गरेको छ ।

जसमध्ये ७० प्रतिशतभन्दा बढी हाम्रोजस्तो विकाशसिल देशमा देखिने गरेकोछ । डब्लुएचओको तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा अनुमानित १४ हजार व्यक्तिको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । जसमध्ये बार्षिक रुपमा १५०० बालबालीका क्यान्सर पीडित भेटिन्छन् । विशेषगरि नेपालमा बालबालीकामा तीन प्रकारका क्यान्सरको जोखिम रहेको छ ।

ब्रेन ट्युमर, ब्लड क्यान्सर र ग्ल्याण्ड क्यान्सर बालबालीकामा बढि मात्रामा देखिएको छ । बाल क्यान्सर रोग विशेषज्ञ, एवं वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका तथा बाल क्यान्सर रोग विभाग प्रमुख डा. कृष्ण सागर पौडेलसंगको कुराकानी ( भिडियोसहित )

बाल क्यान्सर रोगको कारण
१.अस्वस्थकर खानपिन
२.रहनसहन तथा वातारणीय प्रभाव
३.सुर्तीजन्य पदार्थको सेवन
४.मादकपदार्थको सेवन
५.कीटनाषक औषधि एवं रासायनिक मल प्रयोग भएको अन्न, फलफूल, तरकारी एवं सागपातको सेवन ।
६.अत्यधिक सौर्य विकिरणका साथै एक्स–रे, सिटिस्क्यानजस्ता उपकरणबाट निस्कने विकिरणको प्रभावले रगतका साथै अन्य अङ्गको क्यान्सर हुनसक्छ ।
७.वातावरणीय एवं व्यावसायिक प्रदूषण
८.विभिन्न भाइरसबाट लामो समयसम्म संक्रमण हुँदा
९.ब्याक्टेरियाका कारण ।

क्यान्सरका लक्षणहरु
१.लामो समय सम्म खोकी निको नहुनु, खकारमा रगत देखा पर्नु ।
२.खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोद्रो हुनु ।
३.लामो समय सम्म कव्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु ।
४.महिलाहरुमा महिनावारी नभएको वेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु ।
५.स्तनमा गाँठा गँुठीहरू देखिनु, रगत मिसिएको दुध आउनु
६.शरीरमा गिर्खा, गाँठा गुँठीहरू देखिनु ।
७.कोठी र मुसाहरूको रंग बदलिनु वा आकार बढ्दै जानु ।
८.छोटो समयमै शरीरको वजन घटनु, रक्तअल्पता देखिनु, ज्वरो आईरहनु ।
९.नाक,मुख र दिसा बाट रगत आउनु ।
१०.धेरै दिनसम्म टाउको दुखी रहनु, बान्ता हुनु, रिगंटा लाग्नु, आँखा धमिलो देखिनु वा कम्पन आउनु ।

क्यान्सरबाट बच्ने उपायहरू
१. चुरोट, बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने ।
२. बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने ।
३. पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।
४. अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग गरिएका खानेकुराहरू नखाने ।
५. चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने ।
६. धुलो,धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने ।
७. महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने ।
८.स्तनमा गिर्खा,गाँठागुठीे छ–छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसंग परामर्श लिने ।
९. दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने ।
१०. मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group