ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका विभिन्न स्थानमा बदली र वर्षा: केही दिनभित्रै मनसुन भित्रने


admin
जेष्ठ २२, २०७५ मंगलबार   २ : ४७   बजे

काठमाडौँ, २२ जेठ। प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ ।

उक्त प्रणालीको प्रभावले काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन शुरु हुनुपूर्वको अवस्था (मनसुन सिनारियो) हो । मनसुन शुरु हुने संघारमा रहेकाले प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ ।

मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ ।

“ वातावरणीय परिवर्तनले मनसुनमा पनि धेरै फेवरेवल हुँदै गएको छ । पूर्वमा धेरै वर्षा हुनुपर्ने हुन्छ, चाँडै (दुई÷चार दिनभित्र) नेपालमा मनसुन भित्रने अनुमान गरिएको छ”, मौसमविद् पौडेलले भन्नुभयो ।

सामान्यतः मनसुन शुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन शुरु हुन्छ तर हरेक वर्ष यसमा केही दिन फरक हँुदै आएको छ । पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ ।

मनसुनका लागि यी मापदण्ड चाहिन्छ 

नेपालमा सामान्यतः मनसुन शुरु हुन निश्चित मौसमी मापदण्ड चाहिन्छ । मौसमविद्का अनुसार मनसुन हुनलाई तिब्बतको आकाशमाथि उच्चचापीय क्षेत्रको विकास हुनुपर्छ । भारतीय अकाशको माथिल्लो वायुमण्डलमा ‘ट्रपिकल स्टर्ली’ देखिनुपर्छ । त्यस्तै, बंगालको खाडीबाट जलवाष्पको प्रवेश नेपालमा हुनुपर्छ । उल्लिखित मापदण्ड नपुगेका कारण मनसुन पूर्ण सक्रिय बन्न सकेको छैन ।

माथिका मापदण्डसँगै दक्षिणी भारततिर पश्चिमी वायु शक्तिशाली बन्नुपर्ने र उच्च वायुमण्डलमा रहेको ‘जेट स्ट्रिम’ करीब ४० डिग्री उत्तरमा अवस्थित हुनुपर्छ ।

मौसमविद् पौडलका अनुसार मनसुन ठूलो क्षेत्रमा फैलिएर वर्षा हुन्छ तर अहिले ठूलो ठाउँ समेटेर वर्षा भएको छैन । सीमित ठाउँमा मात्रै वर्षा केन्द्रित छ ।

आज तराईका केही स्थानबाहेक देशका अधिकांश भेगमा बदली छ । अपराह्नतिर काठमाडौँसहित केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group