
काठमाडौं २२ जेठ । बाजुरा केन्द्रविन्दु भएर मंगलबार विहान भूकम्प गएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा महसुश गरिएको छ। बाजुरा जिल्ला केन्द्रविन्दु भएर बिहान सात बजेर १९ मिनेट जाँदा ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ।
भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन।
भूकम्प मापन केन्द्रले बाजुरामा गएको भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जनाएको छ।



















प्रतिक्रिया दिनुहोस्