ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल सर्वसम्मत निर्वाचित


admin

हेटौँडा, १३ जेठ ।  नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ३ संसदीय दलको आज हेटौँडामा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उक्त दलको नेतामा सर्वसम्मत निर्वाचित गरेको छ ।

आज यहाँ बसेको उक्त दलको बैठकमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकृत भएकामा हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

सो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठसहित मन्त्रीहरु कैलाश ढुंङ्गेल, शालिकराम जमकटेल, केशव स्थापित, भरत दुलाल, दावादोर्जे लामा र अरुण नेपालले संविधान, राष्ट्रियतालाई सबल तुल्याउँदै अब जनतालाई आर्थिक समृद्धितर्फउन्मुख गराउन प्रतिपक्षी दललाई समेत साथै लिई अघि बढ्ने दृढ विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्यमा तत्कालीन नेकपा एमालेकोतर्फबाट ५८ मध्ये हाल ५७ र माओवादी केन्द्रकातर्फबाट २३ गरी जम्मा ८० जना प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टीका सदस्य हुनुहुन्छ । संसदीय दलको बैठक सोमबार बिहान ९ः०० बजे पुनः बस्ने गरी स्थगित गरिएको नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

प्रदेशसभा सदस्य पदको रिक्त 

प्रदेश नं ३ सभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं १ को (क) बाट प्रदेशसभाको सदस्यमा निर्वाचित हरिशरण लामिछानेको हालै निधन हुनुभएका कारणबाट नेपालको संविधानबमोजिम प्रदेश नं ३ सभा सदस्य पदको आजदेखि रिक्त हुन गएको घोषणा गर्नुभएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले सोमबार २ः०० बजे बैठक बस्ने गरी आजको बैठक २ः३० बजे स्थगित गर्नुभएको थियो ।

सोमबार बस्ने बैठकमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमाथि छलफल प्रारम्भ हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com