ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा यार्सा टिप्न गएका तीन जनाको लेक लागेर मृत्यु, एकको उद्धार


admin

डोल्पा, १३ जेठ । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि बिभिन्न उच्च हिमाली पाटन पुगेका तीन जनाको लेक लागेर मृत्यु भएको छ ।

लेक लागेर मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका १० बस्ने ३२ बर्षिया नारायण प्रसाद पहाडी, काइके गाउंपालिकाको सुन्दरे शेर्पा आधारभुत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर राना झांक्री, नलगाड नगरपालिका ८ बस्ने १५ बर्षिया भद्र बहादुर चुनारा रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

लेक लागेर मृत्यु भएका पहाडी यार्सागुम्बा संकलनका लागि ठुलीभेरी नगरपालिका १० रहमा पर्ने ग्यालबारा पाटनमा पुगेर यार्सागुम्बा संकलन गर्ने क्रममा लेक लागेर मृत्यु भएका थिए ।

जाजरकोट जिल्लाका मृतक चुनारा यार्सागुम्बा संकलनकै लागि डोल्पो बुद्ध गाँउपालिकामा पर्ने धो ताक्सीका यार्सागुम्बा पाटन पुगेर यार्सागुम्बा संकलन गर्ने क्रममा लेक लागी बिरामि परेर उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा सोही गाँउपालिकमा पर्ने तोलतोल ठाँउमा पुगेर मृत्यु भएको हो ।

रानाको सदरमुकाम दुनै देखि एक दिनलाग्ने ठाँगे यार्सागुम्बा पाटनमा जाँदै गर्दा लेक लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लेक लागेका एकको उद्धार

यार्सागुम्बा टिप्ने क्रममै बिरामि परेर मरणासन्न अवस्थामा पुगेका रुकुम जिल्ला आठबिसकोट नगरपालिका १० बस्ने बर्ष १९ का हरी बहादुर शाहीलाई उद्धार गरिएको छ ।

बिरामि शाहीलाई डोल्पो बुद्ध गाँउपालिकापर्ने धो ताक्सी पाटनमा लेक लागेर बिरामि परेको अवस्थामा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

शाहीलाई जिल्ला प्रशासन कार्यालयको बिशेष पहलमा डोल्पो बुद्ध गाँउपालिकाकै धो बाट दिउसो एक बजेर तीस मिनेटमा सदरमुकाम दुनैमा ल्याएर उपचारको लागि नेपालगञ्जतर्फ लगिएको प्रजिअ थापाले बताउनुभयो ।

मृतक तीनजनालाई पनि बचाउनका लागि हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास गरिए पनि सम्भव नभएको प्रजिअ थापाको भनाई छ ।

डोल्पाली मात्र नभई छिमेकी जिल्ला रुकुम जाजरकोट,सल्यान लगाएतका दर्जनौ जिल्लाको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको यार्सागुम्बा संकलनका लागि बर्षेनी दशौँ हजार सर्वसाधारण डोल्पाका सयौँ उच्च हिमाली पाटन पुग्ने गर्दछन् ।

घरगाँउनै सुनसान पारेर एक महिने अस्थायी बसोबासका लागि सर्वसाधारणहरु ज्यानलाई जोखिममा पार्दै यार्सागुम्बा पाटन पुग्ने गर्दछन् । त्यस्तै यार्सागुम्बा सिजनमा डोल्पाका सम्पुर्ण बिद्यालयहरु बन्द हुने गर्दछन् भने शिक्षक बिद्यार्थीहरु समेत यार्सागुम्बा संकलनका लागि यार्सागुम्बा पाटन पुग्ने गर्दछन् ।

यार्सागुम्बा सिजनमा रुकुम जाजरकोटका बिद्यालयहरुको पठनपाठन प्रभावित हुने गर्दछ । त्यस्तै यार्सागुम्बा सिजनमा डोल्पाका बिभिन्न कार्यालयको कामकाग समेत प्रभावित हुन्छ भने कर्मचारीहरु पनि सेवाग्राही नआउँदा फुर्सदिला हुने गर्दछन् ।

बर्षभरीको पढाई खर्च जुटाउनका लागि बिद्यार्थीहरु पाटन पुग्दछन् भने शिक्षकहरु बिद्यार्थी नआएको मौका छौप्दै दोहोरो कमाई गर्न पाटन पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com