ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविबाट अब एकै दिनमा ट्रान्सक्रिप्ट, १० दिन कुनुपर्ने दिन गयो


admin

काठमाडौँ, १३ जेठ।  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप) उपलब्ध गराउनका लागि आजदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आज आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सो प्रणालीको उद्घाटन गर्दैस्नातक तह शिक्षाशास्त्रका मनोजकुमार सिंहलाई उक्त प्रविधिबाट बनेको प्रमाणपत्र दिनुभयो ।

उहाँले त्रिवि अब सूचना प्रविधिमैत्री भएको बताउनुभयो । ‘‘ हामी त्रिविलाई कागजविहीन बनाउन प्रयासमा छांैँ । यसैको शुरुआत आजदेखि एकै दिनमा ट्रान्सकृप दिन थालेका हौँ’’ उहाँले भन्नुभयो, ‘‘एकै दिनमा ट्रान्सक्रिप दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौँ ।’’ उहाँले सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा सुधार गरिने जानकारीसमेत दिनुभयो ।

कार्यक्रममा परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई ट्रान्सक्रिप पाउन हप्ता लाग्ने भएकामा अब सजिलोका लागि फाराम भरेकै दिन पाउने बताउनुभयो । नियन्त्रक जोशीले विभिन्न सङ्काय र तहका नौ ठाउँलाई एकीकृत गरी एकै ठाउँबाट उक्त प्रविधि प्रयोग गरी ट्रान्सक्रिप दिइने जानकारी दिनुभयो ।

त्रिविले अहिले शुरुमा स्नातक तहको शिक्षा शास्त्रसंकायको मात्र ट्रान्सक्रिप दिने गरे तापनि एक हप्ताभित्र सबै सङ्कायको दिने तयारी गरेको छ । उहाँका अनुसार उक्त प्रविधिले एक मिनेटमा ४५ ट्रान्सक्रिप्त छाप्ने गरेको छ । सोही प्रणालीमार्फत त्रिविले रजिष्ट्रेशन, परीक्षा फाराम, नतिजा प्रकाशन, लब्धाङ्क र प्रोभिजनल सर्टिफिकेट समेत वितरण गर्नेछ । पहिले एक मिनेटमा एक मात्र ट्रान्सक्रिप्ट छाप्ने गरिएको थियो ।

विद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो । पनिकाले अहिले केन्द्रीय कार्यालयबाट शुरु गरे तापनि विस्तारै पोखरा, नेपालगञ्ज, विराटनगर र अत्तरियाबाट समेत एकै दिनमा ट्रान्सक्रिप दिइने तयारी गरेको छ ।

अहिले दैनिक करीब एक हजार पाँच सय जना ट्रान्सक्रिप्ट लिन पनिका बल्खुमा आउने गरेका छन् । अहिले त्रिविअन्तर्गतका एक हजार १०८ क्याम्पसमा करीब छ लाख हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com