ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा ७७ प्रतिशत मत खस्यो


admin
असार १४, २०७४ बुधबार   ९ : २३   बजे

पाल्पा, १४ असार । पाल्पामा २ नगरपालिका र ८ गाउ“पालिका गरी ७७ प्रतिशत मत खसेको छ । पाल्पाको २११ मतदान स्थल, ११८ निर्वाचन केन्द्रमा ७७ प्रतिशत मत खसेको प्रारम्भिक परिणाम आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रिव्दिकोट गाउ“पालिकामा वडा नं. ३ की १०२ वर्षीया खगिसरा कार्कीले मतदान गर्नुभएको छ । रामपुर नगरपालिकाको रामतुल्सी उच्च मावि (ख) केन्द्रबाट रामपुर ५ की ९९ वर्षीया नेत्रमाया लम्साल मतदान गर्नुभएको छ । तानसेन नगरपालिका केन्द्रबाट परिचय पत्र ९३७ भएका तेस्रो लि¨ी सुरेश घर्तीले मतदान गर्नुभएको छ ।
पाल्पाको रामपुर नगरपालिका देविस्थान दर्छाको कालिका निमावी केन्द्रमा ३ जना नक्कली मतदाता प्रकाउ परेका छन् । उनीहरुले अरुको मतदाता परिचयपत्र लिएर मत दिन लाइनमा बसेर मतपत्र लिने क्रममा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।
मतदान सम्पन्न भएपछि पाल्पाका १० वटै स्थानीय तहमा मतपेटिका ल्याउनेक्रम जारी छ । पाल्पाको माथागढी, तिनाउ, निस्दी, रैनादेवीछहराका केही वडाहरुमा यातायातको सहज पहु“ज नहु“दा भरियालाई बोकाएर मतपेटिका ल्याउनुपर्ने भएकाले केन्द्रसम्म ल्याउन केही समय लाग्ने बताइएको छ ।
पाल्पाका १० वटै स्थानीय तहमा असार १५ गतेदेखि मतगणना शुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पाल्पाका ४२५ जना जनप्रतिनिधिका लागि १ हजार ३ सय उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group