पाल्पा, १४ असार । पाल्पामा २ नगरपालिका र ८ गाउ“पालिका गरी ७७ प्रतिशत मत खसेको छ । पाल्पाको २११ मतदान स्थल, ११८ निर्वाचन केन्द्रमा ७७ प्रतिशत मत खसेको प्रारम्भिक परिणाम आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रिव्दिकोट गाउ“पालिकामा वडा नं. ३ की १०२ वर्षीया खगिसरा कार्कीले मतदान गर्नुभएको छ । रामपुर नगरपालिकाको रामतुल्सी उच्च मावि (ख) केन्द्रबाट रामपुर ५ की ९९ वर्षीया नेत्रमाया लम्साल मतदान गर्नुभएको छ । तानसेन नगरपालिका केन्द्रबाट परिचय पत्र ९३७ भएका तेस्रो लि¨ी सुरेश घर्तीले मतदान गर्नुभएको छ ।
पाल्पाको रामपुर नगरपालिका देविस्थान दर्छाको कालिका निमावी केन्द्रमा ३ जना नक्कली मतदाता प्रकाउ परेका छन् । उनीहरुले अरुको मतदाता परिचयपत्र लिएर मत दिन लाइनमा बसेर मतपत्र लिने क्रममा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।
मतदान सम्पन्न भएपछि पाल्पाका १० वटै स्थानीय तहमा मतपेटिका ल्याउनेक्रम जारी छ । पाल्पाको माथागढी, तिनाउ, निस्दी, रैनादेवीछहराका केही वडाहरुमा यातायातको सहज पहु“ज नहु“दा भरियालाई बोकाएर मतपेटिका ल्याउनुपर्ने भएकाले केन्द्रसम्म ल्याउन केही समय लाग्ने बताइएको छ ।
पाल्पाका १० वटै स्थानीय तहमा असार १५ गतेदेखि मतगणना शुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पाल्पाका ४२५ जना जनप्रतिनिधिका लागि १ हजार ३ सय उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्