ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपांगता भएका व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित


एबीसी न्यूज
जेष्ठ १२, २०७५ शनिबार  १२ : ५६ बजे

बाजुरा, १२ जेठ । बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश अपांगता भएका व्यक्तिले सदरमुकाम पुगेर अपांगता परिचय पत्र नपाएको गुनासो गरेका छन् ।

भौगोलिक विकटमा रहेको हिमाली गाउँपालिकाका अपांगता भएका व्यक्तिले परिचय पत्र गाउँबाट जिल्ला सदरमुकाम पुग्न टाढा भएकै कारण समयमै अपांगता परिचय पत्र नपाएको हिमाली गाउँपालिका– १ देउसैनका वीरबहादुर थापाले बताउनुभयो ।

थापाका सातजना परिवारमध्ये पाँचजना अपांगता भएका छन् । आमा बुबाले बोल्न नसक्ने र श्रवणशक्ति गुमाएका छन् । भने तीन छोराछोरी दृष्टिविहीन रहेका छन् । आमा बुबा बोल्न नसक्ने आफू दृष्टिविहीन भएका कारण अरु भाइबहिनीलाई जिल्लामा लिएर परिचय पत्र बनाउन नसकेको वीरबहादुरले दुखेसो गर्नुभयो ।

२५ वर्षका वीरबहादुरले आफन्तको सहयोगमा परिचयपत्र बनाएको भए पनि उहाँकी २० वर्षीया श्रीमती अञ्जना थापा र सात वर्षीया भाइ विशाल थापाको परिचय पत्र बनाउन नसकेको थापाले बताउनुभयो ।

सोही गाउँका लालबहादुर थापाकी दुई जुम्ल्याहा छोरी पनि जन्मदेखि नै दृष्टिविहीन छन् । पाँच वर्षकी धर्मकला र कर्मकला दुबै दिदीबहिनी दृष्टिविहीन रहेकी छिन् । अपांगता परिचय पत्र बनाउनका लागि उनीहरुले जिल्ला सदरमुकाम मार्तडीमा लगेर परिचय पत्र बनाउन समस्या भएको लालबहादुर थापाले बताउनुभयो ।

हुम्ला जिल्लाको सिमानामा रहेको हिमाली गाउँपालिका– ३ मा पर्नेे गुम्बा गाउँका स्थानीयवासीले सदरकमुकाम मार्तडी पुग्न चार दिन भन्दा बढी लाग्ने भएकाले अहिलेसम्म नागरिकता लिएका छैनन् ।

गाउँमा २८ जनाको मात्र नागरिकता बनेको छ । अझै करीब ५० जना भन्दा बढी गुम्बाका स्थानीयवासीले नागरिकता पाउनबाट वञ्चित भएका छन् । नागरिकता नबनाएकै कारण हालै सम्पन्न तीन तहको निर्वाचननमा मतदानबाट वञ्चित भएको गुमबाका कृष्ण लामाले बताउुभयो । उहाँले गाउँमा अपांगता भएका व्यक्तिले टाढा भएकै कारण परिचयपत्र नपाएको गुनासो गर्नुभयो ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरासँग समन्वय गरी शिविर सञ्चालन गर्न आग्रह गर्दै आएको बताउनुभएको छ । गाउँपालिका अध्यक्ष मल्लले आफूले दुर्गमका जनताको हकहितका लागि पहल गर्दै आएको बताउनुभयो ।

यता प्रमुख जिल्ला अधिकारी चेतराज बरालले उत्तरी भेगका स्थानीयवासी नागरिकता, अपांगता परिचय पत्र लगायतका सेवा सुविधाबाट वञ्चित हुँदै आएकाले आउँदो शुक्रबार शिविर सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

RSP’s 182 MPs: From Experts to Marginalized Voices, Old Politics to New Generation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com