ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुविधा सम्पन्न भएर पनि यो अस्पताल किन खाली, कारण यस्तो


admin

सप्तरी, ११ जेठ । हाल नेपालमा विभिन्न सरकारी अस्पतालमा बिरामीको चाप रहे पनि चिकित्सक, व्यवस्थापन तथा विभिन्न उपकरणलगायतका अभावमा लथालिङ्ग भएको सुन्ने गरिन्छ । तर, सप्तरीमा एउटा यस्तो अस्पताल छ जुन बिरामीकै अभावमा सुनसान रहेको छ ।

१३ महिना अघि उद्घाटन गरिएको सप्तरीको रुपनी गाउँपालिकास्थित “पूर्व क्षेत्रिय प्रहरी अस्पताल (ठाकोदेवी–जोगेन्द्र भगत)” केन्द्रिय प्रहरी कार्यालयको उदासिनताका कारण अहिले दिनहुँ बिमारी कुर्दै खोलिने गरिन्छ ।

२०७३ साल माघ १३ गते १३ शय्याको स्वीकृत पाएर तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालबाट भव्य समारोहको आयोजना गरि उद्घाटन गरिएको यस अस्पतालमा हालसम्म एउटा पनि बिरामीको उपचार भएको छैन् । यता अस्पतालमा विद्युत उपभोगका लागि ट्रान्सफर्मर जडान हुन नसक्दा बिमारी बिनाको अस्पताल बन्न पुगेको छ ।

यीनै समस्यालाई उठान र केन्द्रिय तथा पूर्व क्षेत्रिय प्रहरी कार्यालयको ध्यानाकर्षण गराउन श्ुक्रबार रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव तथा अस्पतालका लागि करोडौं मुल्य पर्ने सवा दुई विगहा जग्गा दान गर्ने दाता जोगेन्द्र भगतले संयुक्त रुपमा अस्पताल परिसरमै पत्रकार सम्मेलनको आयोजना गरि अस्पतालको अवस्था बारे जानकारी दिएका छन् ।

आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा संचारकर्मीहरु पुग्दा शुनसान रहेको अस्पतालका शय्या चहार्दै बिरामी खोजी गर्न थाले तर अस्पतालका सबै १३ वटै शय्या खाली देखिए ।

पत्रकार सम्मेलनमा बिरामी नभएको कारण खुलाउँदै रुपनी गाउँपालिकाका अध्यक्ष यादवले अस्पताल उद्घाटन भएकै दिनदेखी विद्युत उपभोगका लागि ट्रान्सफर्मर जडानका लागि केन्द्रिय प्रहरी र क्षेत्रिय प्रहरी कार्यालयमा पटक पटक आग्रह गरियो तर, आश्वासन बाहेक केही नपाएको बताए ।

उनले अस्पताल संचालनको जिम्मा लिँदै पूर्व क्षेत्रिय प्रहरी अस्पताल नामांकरण गरिए पनि प्रहरीको माथिल्लो निकायले यसलाई व्यवस्थित गर्न खासै चासो नदेखाएको गुनासो पनि उनले पोखे । १३ शय्याको अस्पतालमा दुई चिकित्सक, एक नर्स, ६ अहेब, एक अनमी, एक ल्याब असिस्टेन्ट, एक डेन्टल असिस्टेन्ट र एक जना रेडियोजिष्ट सहायक गरि १३ जना जनशक्ति उपलब्ध छन् ।

त्यस्तै अस्पतालमा डिजिटल एक्सरे मेसिन, भिडियो एक्सरे, डेन्टल चेयर, आकस्मिक कक्ष लगायतका सेवा पनि उपलब्ध छ । तर, विद्युतकै अभावका कारण स्वास्थ्यकर्मीहरु बेकामै र उपकरणहरु प्रयोगबिहीन बनेको छ । अध्यक्ष यादवले प्रहरी निकायबाट अस्पताल संचालनका लागि उद्घाटन पश्चात् एक रुँपैया पनि बजेट नआएको सुनाए ।

प्रहरी निकायबाट सहयोग नपाएपछि ट्रान्सफर्मर जडानका लागि गाउँपरिषदबाट दुई लाख ५० हजार रुँपैया बजेट पास गरि नेपाल विद्युत प्राधिकरण शाखा राजविराजको खातामा जम्मा गरि सकिए पनि तीन फेजको तार जडान तथा अन्य खर्चका लागि समेत प्रहरी निकायले कुनै सहयोग र चासो नदेखाएको उनको भनाई छ ।

यस्तै पत्रकार सम्मेलनमा अस्पतालका जग्गा दाता जोगेन्द्र भगतले प्रहरी निकायको उदासिनताले आफूलाई पछुतो र निरास बनाएको बताए । यहाँका जनताले स्वास्थ्य सेवा पाउला ठानेर करोडौं मुल्य पर्ने जग्गा दान गरियो, निकै उत्साहका साथ प्रहरीलाई हस्तान्तरण पनि गरियो, तर, अहिले अस्पतालको अवस्था हेरेर रुन मन लागेको उनले भने ।

पूर्व पश्चिम लोक मार्गको नजिकै रहेको अस्पतालमा प्रहरी र सर्वसाधारणको समेत उपचार हुने उद्देश्य रहेता पनि उद्घाटन पछि यसरी लथालिङ्ग बन्दा स्थानियवासी समेत निरास भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com