ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु


admin


म्याग्दी , ११ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् ।

शिवीरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरि सुभारम्भ गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढा मगरले संयुक्त रुपमा नागरिकताको प्रमाणपत्र प्रदान गरि शिवीरको औपचारिक सुरुवात गर्नुभएको थियो ।

शिविरमा नागरिकताको प्रमाणपत्र लिनेहरुको संख्या बढी देखिएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त शिविरमा नागरिकता वितरण संगै जिल्ला स्थित सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा सुविधाहरुलाई गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरबाटै उपलब्ध गराईएको छ । शिविरमा ज्येष्ठ नागरिक परिचयपत्र लिन आउनुभएकी अन्नपूर्ण–७ हिस्तानकी गौसीरी शेरबुजाले बेनी पुगेर लिनुपर्ने सेवा गाउँमै लिन पाउँदा खुसी लागेको बताउनुभयो ।

त्यसैगरि शिवीरको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको टोलीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण एवम औषधी वितरण र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट समेत आयुर्वेदीक उपचार सेवा प्रदान गरिएको छ । महिला तथा बालबालिका कार्यालयले अपांगता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेका छन् ।

त्यस्तै जिल्ला भुःसंरक्षण, बन, कृषि, पशु सेवा, सिचाई सब डिभिजन, मालपोत, नापी, विद्युत , खानेपानी तथा सरसफाई सब डिभिजन, जिल्ला प्राविधिक, घरेलु तथा साना उद्योग विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य विमा बोर्ड लगायतका कार्यालयहरुले आ–आफ्नो सुविधा एवम परामर्श सेवालाई शिविरबाटै प्रदान गरिएको छ । उक्त अवसरमा आएका नागरिकहरुलाई जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामुलक भिडियो पर्दशनी गरेको छ ।

ग्रामीण भेगका नागरिकहरुलाई पायक पर्ने ठाउँमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । उहाँले आगामी साता मालिका र धौलागिरि गाउँपालिकालाई समेटेर दरबाङमा समेत घुम्ती शिविरको आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन पुनले गाउँपालिका भित्र नागरिकता लिन नसकेकाहरुको सख्ंया बढी रहेको अवस्थामा गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर आयोजना गरि नागरिकलाई सहज तरिकाले सेवा प्रवाह भएको बताउनुभयो । भौगोलिक रुपमा विकटता रहेको अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुले एकै ठाउँबाटै बहु सेवा लिन पाउँदा खुसी भएका छन् । सदरमुकाममा रहेका कार्यालयहरुको सेवा एकैठाउँबाट लिन पाउँदा नागरिकहरुमा समय र खर्चको समेत बचत भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहालले बताउनुभयो ।

शिविरमा सेवा लिन अन्नपूर्ण गाउँपालिकाको ८ वटै वडाबाट सर्वसाधारणको भिड लागेको छ । नयाँ संविधान र संघियताको कार्यान्वयन संगै सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको अनुभुती दिलाउन घुम्ती शिविरले रचनात्मक सहयोग पु-याउने अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com