ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको मुख्य दायित्व राष्ट्रलाई नै एकताबद्ध गर्ने- अध्यक्ष दाहाल


admin

बनेपा, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मुख्य दायित्व राष्ट्रलाई नै एकताबद्ध गर्ने रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रचण्डी नालाको चुनातालमा आज दाहाल बन्धु अध्ययन प्रतिष्ठान केन्द्रीय कार्यालयको उद्घाटन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आफैँभित्र एकता गर्न सकेनाँै भने अरुलाई एकता गराउँछौँ भन्नु आदर्शवादी मात्रै हुनेछ, त्यसैले आफूसँगै सबै जातजाति, भाषाभाषी, क्षेत्र र समुदायलाई एकताबद्ध गराएर नयाँ सामाजिक सद्भाव र संस्कृतिको विकास गर्ने बाटोमा लाग्न आवश्यक छ ।” उहाँले देशभरीको दाहाल वंशावलीको खोजी र त्यसलाई पूर्णतातिर लैजाने काममा आफ्नातर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले शहीद भीमसेन दाहालका नामबाट बनेको नाला–नगरकोट सडकखण्ड निर्माणको काम अगाडि बढाउन आफूले जिम्मा लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब यो काम अगाडि बढ्नेछ, त्यससँगै नाला क्षेत्रको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासको लागि सक्दो सहियोग गर्नेछु ।”

अध्यक्ष दाहालले नेकपाका सबै जनवर्गीय संगठनको एकताका लागि कार्यदल बनाएर काम अघि बढिसकेकाले तीन महिनाभित्रै जनवर्गीय संगठनको एकता सकिसक्ने बताउनुभयो । उहाँले प्रदेश नं ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लामा राख्ने भन्ने विषयमा धेरैको सहमति रहे पनि अधिकार क्षेत्र प्रदेशसभाकै भएकाले सोही निर्णयबाट नै टुंगो लाग्ने बताउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले ‘दाहाल वंशावली’ पुस्तक विमोचन गनौका साथै नाला– नगरकोट सडकखण्डअन्तर्गत बनेपा नगरपालिका वडा नं ३ र ४ जोड्ने पुल उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागार्इँले निर्वाचनको बेला गरिएको शान्ति, सुशासन र समृद्ध काभ्रे बनाउने विषयको प्रतिबद्धता पूरा गर्न प्रदेश र केन्द्रमा आफ्नातर्फबाट प्रतिवेदन पेश गरिसकेको बताउनुभयो । उहाँले काभ्रेको नाला –काशीभञ्ज्याङ– हिगुवापाटी सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नेपाली जनताले खोजेको समृद्धिको बाटो र लामो समयदेखि खेप्दै आएको दुःखकष्टलाई बुझेर नेपाली समाजको आमूल परिवर्तनका लागि लाग्नुपर्नेमा अप्ठ्यारो बाटामा हिँड्नुपर्ने अवस्था सिर्जना नगर्न नेकपामा अध्यक्षद्वयसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com