ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा समेट्न आग्रह


admin

काठमाडौँ, १० जेठ । राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयलाई आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइने बजेटमा समेट्न आग्रह गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सदस्यले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा त्यस्तो आग्रह गर्नुभएको हो ।

नेकपाका दीनानाथ शर्माले नीति तथा कार्यक्रममार्फत सरकारले समृद्धिको उद्देश्यसहित आएकाले ढुक्क भएर समर्थन गर्नुपर्ने बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा सन्तुलित परराष्ट्र नीति र स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा विकाससहितको स्पष्ट कार्यक्रम रहेको दाबी गर्नुभयो ।

नेपाली काँग्रेसका राधेश्याम अधिकारीले स्थानीय तहलाई बलियो बनाउने गरी बजेट ल्याउन आग्रह गर्दै केन्द्रीकृत शासन व्यवस्थाको मानसिकतामा आधारित भएर ल्याइएको नीति तथा कार्यक्रम निराशाजनक भएको बताउनुभयो ।

सबै क्षेत्र छरेर ल्याएकाले नीति तथा कार्यक्रमलाई ‘क्याटी दस्तावेज’को संज्ञा दिँदै उहाँले नीति तथा कार्यक्रममा वातावरणलाई प्राथमिकता नदिएको बताउनुभयो ।

यसैगरी राष्ट्रियसभाका सदस्य नन्दा चापागाई, रामलखन चमार, रमेशजंग रायमाझी, जीवन बुढा, दिलकुमारी रावल थापा र अनिता देवकोटाले शिक्षा, स्वास्थ्य एवं जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उल्लेख नभएका विषयलाई बजेटमा स्पष्ट गरेर ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै, सदस्य बिना पोखरेल, कविता बोगटी, युट्रोल तामाङ, दुर्गाप्रसाद उपाध्याय, राजकुमार कुँवर, तारादेवी भट्ट र बलरामप्रसाद बाँस्कोटाले सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै आन्तरिक स्रोतको पहिचान, संरक्षण र त्यसको सही सदुपयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नीति तथा कार्यक्रममाथि सदस्यको धारणा राख्ने क्रम नसकिएकाले राष्ट्रियसभाको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com