ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘असारमा काम सक्नैपर्छ भन्दै रातारात लालटिन बालेर काम गरिन्छ..’


admin

दैलेख, १० जेठ । नारायण नगरपालिका जिल्लाका ११ वटै स्थानीय तहमध्येकै पुरानो हो । विसं २०५३ मा स्थापना भएको नारायण नगरपालिकाभित्रको मुख्य सडकमा वर्षेनी करोडौँ रकम खर्च भएको बिल भर्पाइ पेश गरिन्छ । सडक स्तरीय भने हुँदैन ।

“वर्सेनि खर्च हुने लाखौँ रकम अर्थहीन छ,” स्थानीयवासी हेमा खड्काले गुनासो गर्नुभयो ।

नगरपालिकाभित्र प्रवेश गर्ने मुख्य द्वार मानिएको भगवती टोलको सडक कालोपत्र गर्ने काम वर्सेनि हुन्छ । प्रत्येक वर्ष सडकमा लाखौँ रकम खर्च गरिन्छ । सडक पक्की भएको केही महिना नबित्दै पुरानै अवस्थामा पुग्छ ।

एउटै सडकमा वर्सेनि लाखौँ खर्च गर्नुभन्दा दिगोरुपमा सडक सञ्चालनको पहल थाल्नुपर्ने सुझाव बारम्बार नगरपालिकालाई दिँदा पनि सुनुवाइ नभएको स्थानीयवासी प्रेम विसुन्के बताउनुहुन्छ ।

नारायण नगरपालिकाका अनुसार गत आवमा भगवती टोल हुँदै लोकतान्त्रिक चोकसम्मका लागि सडकबोर्डमार्फत रु २९ लाख ५० हजार रकम खर्च गरिएको थियो । सडक बोर्डकै रु १५ लाख रकम सडक सुधारका लागि विनियोजन गरिएको थियो । असारमा काम सक्नै पर्छ भन्दै रातारात लालटिन बालेर काम गर्ने गरिन्छ ।

गत आवमा नारायण नगरपालिकाभित्रका सडक कालोपत्रका लागि रु २२ लाख र काडाचौर सडकका लागि रु ९२ लाख रकम खर्च गरिएको छ । चालू आवमा नारायण नगरपालिकाले नगरपालिकाभित्र सडक विस्तारका लागि गणेशचोकदेखि काडाचौरसम्म रु एक करोड ४५ लाख ९५ हजारको टेण्डर गरेको छ ।

यस्तै, मालपोत कार्यालयदेखि भगवती मन्दिर एकान्तकुना सडकका लागि रु ५६ लाख ६३ हजारको ठेक्का स्वीकृत भएको छ । तीनवटै काम असारसम्म सम्पन्न गरिसक्नु पर्ने भएपनि अहिलेसम्म काम शुरु भएको छैन ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का भन्नुहुन्छ, “दुई महिना समय कामका लागि धेरै हो, ठेकेदारले सम्झौता गरिसकेका छन् । अब काम धमाधम हुन्छ ।”

दैलेख उद्योग वाणिज्य संघका महासचिव राजेश हमाल सडकमा गरिएको लगानी खेर गएको बताउनुहुन्छ । “दैलेख बजारमा सडक कालोपत्र गरिएपनि गुणस्तर राम्रो छैन,” उहाँले भन्नुभयो । रु एक करोड ४५ लाखको काम रु ८५ लाखमा सदर भएकाले गुणस्तरीय सडकका लागि स्थानीयवासीले खबरदारी गर्नुपर्नेमा हमाल जोड दिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com