ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय


एबीसी न्यूज

कञ्चनपुर, ८ जेठ।  कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।

जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् ।

विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको महाकाली सुगर मिलले यस वर्षदेखि मदिरासमेत उत्पादन गर्न थालेको वडाध्यक्ष हरिलाल चौधरीले भन्नुभयो, “नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्दको माग गरेका हौँ ।”

मदिरा उत्पादन बन्दको माग गर्दै ३७१ जनाको हस्ताक्षर गराई सोमबार नगरपालिकामा विरोधपत्र पेश गरिएको उहाँले जानकारी दिनुभयो । चिनी मिलबाट उत्पादनका रुपमा निस्कने सिराबाट सुगर इन्डस्ट्रिजले मदिरा उत्पादन गर्न थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

कालिका मन्दिर र शिव मन्दिरको बीचमा रहेको मिलभित्र मदिरा उत्पादन गर्दा धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, वातावरणीय एवं मानव स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भएकाले सरकारले मदिरा उत्पादनमा नियमन गर्ने नीति ल्याइरहेका बेला उक्त कार्यनीति विपरीत हुनेहँुदा उत्पादन कार्य बन्द गर्न माग गरिएको स्थानीय मनराज उपाध्यायले बताउनुभयो ।

गैरकानूनी रुपमा मदिरा उत्पादन गरी वातावरणीय, धार्मिक र सामाजिक क्षेत्रमा असर परेको जानकारी स्थानीय बासिन्दाले दिएपछि स्थानीय सरकारका हैसियतले तत्काल मदिरा उत्पादन स्थगित गरी यथाशीघ्र नगरपालिकालाई लिखित स्पष्टीकरण दिन सुगर इन्डस्ट्रिजलाई पत्राचार गरी सकिएको नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले बताउनुभयो ।

महाकाली सुगर इन्डस्ट्रिजका सञ्चालकले मदिरा नभई उपउत्पादनका रुपमा स्प्राइट बनाइने गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com