ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामग्राम र बाओजी सिटीबीच भगिनी सम्बन्ध


एबीसी न्यूज

 

नवलपरासी, ८ जेठ ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र चीनको बाओजी सिटीबीच भगिनी सम्बन्धका लागि सोमबार यहाँ सम्झौता भएको छ ।

बाओजी सिटी र रामग्राम नगरपालिकाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धको लागि एक सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्बन्धलाई स्थापित गरेका छन् । बाओजी सिटीका उपमेयर मा युनले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्तासँग भेटघाट गरी दुवै देशका नगरबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

सो सम्झौतामा दुवै देशका नगरपालिकाले गर्ने विकास निर्माण तथा कृषि विकासको काममा सहयोग आदानप्रदान हुने रामग्राम नगरपालिकाले जनाएको छ ।

त्यस्तै, बाओजी सिटीका उपमेयरलाई नवलपरासीको सदरमुकाममा रहेको पृथ्वीचन्द्र अस्पतालमा पनि अवलोकन तथा भेटघाट गराइएको थियो । सो अवसरमा त्यहाँको अवस्था तथा प्रविधिको बारेमा छलफल भएको थियो ।

त्यहाँ भएको प्रविधि पुरानो तथा केही प्रविधिको व्यवस्था नभएका कारणले अलपत्र परेको जानकारी गराइएको थियो । त्यसैक्रममा बाओजी सिटीका उपमेयरले आफ्नो नगरपालिका फर्केपछि अतिआवश्यक प्रविधिको सहयोगसमेत गर्ने बताउनुभयो ।

रामग्राम नगरपालिकाभित्र रहेको रामग्राम स्तुप, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको विकास गर्न विशेष सहयोग हुने बाओजीका उपमेयरले बताउनुभयो । सो कार्यक्रममा चीनको बाओजी सिटीबाट आएको टोलीमा विभिन्न ठूलठूला औद्योगिक क्षेत्रका उद्योगीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com