ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन—आश्रितको स्मृतिमा दासढुङ्गामा श्रद्धाञ्जलि सभा


एबीसी न्यूज
जेष्ठ ३, २०७५ बिहीबार  १० : ३१ बजे

 

चितवन, ३ जेठ ।   २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान उहाँहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो ।

नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का चितवन इञ्चार्ज ईश्वरी भट्टराईलगायत दर्जनौँ नेता कार्यकर्ता सहभागी भएका थिए ।

सो अवसरमा आज हुने दुई पार्टीको एकताले मदन र आश्रितको सपना पूरा हुने नेताले बताएका छन् । उनीहरुले कम्युनिष्ट फुटकै कारण सधँै कमजोर बन्नुपरेको बताउँदै आगामी दिनमा आर्थिक समृद्धिका पक्षमा लाग्न एकताले बल पु¥याएको समेत बताएका छन् ।

कार्यक्रममा बोल्ने नेताले मदन भण्डारीले देखाएको बाटोमा हिँड्दा सफलता मिल्ने बताएका थिए । आश्रितको शव नदीमा गाडीमै भेटिएको थियो भने भण्डारीको भने घटनास्थलदेखि अलि तल गाँजीपुरस्थित नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो ।

उहाँहरु पोखराबाट चितवन आउने क्रममा सो दुर्घटना भएको हो । उहाँ सवार जिपमा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित र चालक अमर लामा थिए । चालक अमर लामाको २०५९ सालमा अज्ञात समूहले राजधानीमा हत्या गरिसकेको छ ।

ताप्लेजुङको हाङदेवामा पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते भण्डारीको जन्म भएको हो । उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) राजनीतिमा अघि बढ्दै आइरहेको छ ।

भण्डारीको जिप खसेको स्थल दासढुंगामा चितवन र तनहुँ जोड्ने पुल निर्माण गरिएको छ । सोही क्षेत्रमा १० कट्ठा जमिन खरिद गरी पार्क र अध्ययन केन्द्र निर्माणको तयारी थालिएको एमाले चितवनका पूर्वअध्यक्ष जगन्नाथ थपलियाले बताउनुभयो ।

उहाँका अनुसार भण्डारीको शव भेटिएको गाँजीपुरमा मदन भण्डारीको शालिक निर्माण गरिएको छ भने उहाँकै स्मृतिमा पार्क र अन्य भौतिक संरचना निर्माण गर्ने योजना रहेको मदन भण्डारी फाउण्डेसन, चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका थपलियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टुँडिखेलमा सेनाको घोडेजात्रा

थिति बसाल्ने संकल्प र नागरिक करारको राजनीति, रास्वपाको ‘वाचा पत्र २०८२’, निर्वाचन परिणाम र जनअपेक्षाको नयाँ अध्याय

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com