ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंगलबार घट्यो शेयर बजार


admin
जेष्ठ १, २०७५ मंगलबार   ७ : ३७   बजे

काठमाडौँ, १ जेठ । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा संलग्नलाई व्यक्तिगत जानकारी (केवाइसी) अद्यावधिक गर्न दिएको निर्देशन कडाईका साथ कार्यान्वयन भए पनि आज शेयर बजारमा सामान्य प्रभाव परेको छ ।

शेयर बजारको मापक नेप्से परिसूचक मात्रै नभई कारोबारमा समेत कमी आएको छ । बोर्डको निर्देशनानुसार शेयर दलालहरुले कारोबारकर्ताको विवरणमा कडाई गरेका कारण बजारमा कारोबार घटेको हो ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार निरन्तर घट्दै आएको बजार आज पनि चार दशमलव ३२ बिन्दुले ओरालो लागेर एक हजार ३३३ दशमलव ८५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत घटेको छ ।

आज कूल १४३ कम्पनीको तीन लाख १९ हजार २६० कित्ता शेयर रु १४ करोड ९२ लाख ३९ हजार ९५५ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । विभिन्न दश उपसमूह मध्ये दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसूचकको शेयर ओरालो लागेको छ । व्यापार समूह पाँच दशमलव ४९ र उत्पादन समूह २८ दशमलव १६ बिन्दु बढ्दा बैंकिङ चार दशमलव २८, होटल ३२ दशमलव ९५, विकास बैंक १० दशमलव ९६, जलविद्युत् १३ दशमलव १४, फाइनान्स एक दशमलव ३३, बीमा १२ दशमलव ७६, अन्य शुन्य दशमलव ५३ र माइक्रोफाइनान्स समूह पाँच दशमलव ६२ बिन्दुले ओरोलो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group