काठमाडौं, ३१ वैशाख । ललितपुरको लुभुमा आइतबार राति आगो लाग्दा २ करोड भन्दा बढीको क्षति भएको छ । महालक्ष्मी नगरपालिका ७ चाँगाथली नर्कटेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा राति १० बजेतिर आगो लागेको जिल्ला प्रहरी प्रभाग लालितपुरले जनाएको छ ।
महालक्ष्मी नगरपालिका–३ का दिनेश सुवेदीको उद्योगमा आगो लागेको हो । प्रहरीले आगलागीमा २ करोड २० लाख रुपैयाँ बराबरको नोक्सानी भएको जनाएको छ । आगो अहिले निभाइएको छ । काठमाडौं र ललितपुरका दमकल तथा प्रहरी र स्थानीययबासिन्दाको सहयोगमा आगो निभाइएको हो ।



















प्रतिक्रिया दिनुहोस्