ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ किलो सुन तस्करी प्रकरण : मुख्य लगानीकर्ता भारतीय नागरिक ‘एमके’


एबीसी न्यूज
बैशाख ३०, २०७५ आईतबार  ३ : ४५ बजे

काठमाडौँ,३० वैशाख । तस्करीको ३३ केजी सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएर नयाँ बानेश्वर र अनामनगर आसपासबाट लुटिएको भनिएको सुनको लगानीकर्ता भारतीय नागरिक ‘एमके’ भन्ने मोहनकुमार अग्रवाल रहेको पाइएको छ । गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले मोहनकुमार अग्रवालको लगानीमा चूडामणि उप्रेती ‘गोरे’ सहितका तस्करहरूले उक्त सुन दुबईबाट थाई एयरलाइन्समार्फत नेपाल ल्याएको निष्कर्ष निकालेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टमा बस्दै आएका थिए ।
छानविन समितिले उनलाई नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् ।

सुन तस्करी छानविन समितिका एक सदस्यका अनुसार सिल्भर सिटीस्थित अग्रवाल बस्दै आएको फ्ल्याटमा करिब दुई महिनादेखि ताला लागेको छ । तस्करीको सुन लुटपाट प्रकरणमा सनम शाक्यको हत्यापछि प्रहरीले निगरानी बढाएको सूचना पाएसँगै अग्रवाल फरार भएका थिए ।
छानविन समितिले अग्रवालको घरमा काम गर्ने एक युवतीलाई बोलाएर सोधपुछ गरेको थाहा पाएसँगै अग्रवाल पत्नीसमेत फ्ल्याटमा ताला बन्द गरेर भारततिर लागेको बताइएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले समिति समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका छन् । ‘साढे ३३ किलो सुनमा मोहन अग्रवाल ‘एमके’ले लगानी गरेका थिए’– जिल्ला अदालत मोरङमा पेश भएको अभियोग पत्रमा उल्लेखित भुजुङको बयानमा भनिएको छ– ‘उक्त सुनको कमिसन मैले पनि पाउँथे तर गत फागुन ९ गते थाई एयरलाइन्स हुँदै काठमाडौं आएको उक्त सुन लुटिएको कुरा डा. भन्ने छिरिङ वाङ्गेल घले मार्फत मैले थाहा पाएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com