काठमाडौं, २५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङको मुक्तिनाथमा मिनि आइसियु कक्ष स्थापना गरिएको छ ।
उच्च स्थानमा पुग्दा मोदीसँगै भ्रमण टोलीका सदस्यमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आइसियू कक्ष स्थापना गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।
आइसियू कक्षमा नेपाल र भारतका विशेषज्ञ चिकित्सक रहनेछन् । “एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौँ”, प्रजिअ पौडेलले भन्नुभयो । आइसियू कक्षमा जिल्ला अस्पताल मुस्ताङका स्वास्थ्यकर्मीसमेत रहनेछन् ।
“कस्तो किसिमको जनशक्ति, पूर्वाधार र औषधि चाहिने भन्ने कुरा स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको छ”, प्रजिअ पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्