ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी उल्टो घुम्नुका यस्ता छन् कारण


एबीसी न्यूज

‘जवानी पहाड में रुक नहीं सकती’– नरेन्द्र मोदी

काठमाडौं –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । समान्य परम्पराअनुसार विदेशी राष्ट्रका प्रमुख आउँदा सुरुमा सोझै राजधानी आउनुपर्ने हो । तर, भारतीय प्रधानमन्त्री मोदी त्यो प्रक्रियाबाट आउन लागेका छैनन् । उनको नेपाल यात्रा धनुषाको जनकपुरबाट सुरु हुने भएको छ । जनकपुरपछि मात्र मोदी काठमाडौंमा ओर्लनेछन् । साथै उनी मुक्तिनाथको दर्शन गर्न मुस्ताङ पुग्नेछन् ।

सम्भवतः पहिलोपटक विदेशी राष्ट्रप्रमुख केन्द्रीय राजधानी नआइकन नेपाल भ्रमणमा आउन लागेका हुन्, भारतीय प्रधानमन्त्री मोदी । मोदीको यसप्रकारको भ्रमणलाई आम नेपाली नागरिकले आ-आफ्नो ढंगबाट व्याख्या गरेका छन् । कतिले मोदीले नेपालमा आफ्नो रवैया देखाएको भनि टिप्पणी समेत गरेका छन् ।

नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आउँदा संविधानसभामा मज्जाले भाषणा ठाकेका थिए । ‘नेपाल एक सार्वभोम राष्ट्र हो’ भनेर मोदीले भाषण गर्दा देशभरबाट निर्वाचित  जनप्रतिनिधिले बेस्सरी ताली चुटेका थिए । मोदीले उक्त भ्रमणमा गाडीबाट उत्रिएर नेपाली नागरिकसँग सडकमै हात मिलाए । यस्ता घटनाले मोदी नेपालमा लोकप्रीय बनेका थिए ।

तर तिनै मोदीप्रति नेपाली जनता एकाएक आक्रोशित बने । पहिलो भ्रमणका बोलेका र गरेका अभिव्यक्ति र क्रियाकलाप पपुलारिटीको लागि मात्र थियो भन्ने अनुभुति नेपालीले गरे । जब, नेपालको ऐतिहासिक संविधान घोषणा भएकोमा आपत्ति जनाउँदै अघोषित नाकाबन्दी लगायो, भारतले । नेपालको संविधान आफ्नो चाहनाअनुसार संशोधन गर्न चाहन्थ्यो भारत । तर, उसको चाहना पुरा नभएपछि नेपालीलाई पीडा दिने काम गर्यो नाकाबन्दी लगाएर ।

मोदीको यही कदमबाट नेपाली जनता आक्रोशित छन् । पहिलेको जसतो वाह-वाह अब मोदीले पाउने छैनन्, नेपाली जनताको तर्फबाट । पहिलो पटक काठमडौंको सडकमै ओर्लिएर नेपाली नागरिकसँग हात मिलाएका मोदीलाई अब ती जनता हात मिलाउन ठेलमठेल गर्दै जानेछैनन् । मोदीप्रति नेपाली नागरिकको मनमा घृणा अझै बाँकी नै छ । यही कारणले पनि मोदी काठमाडौं नआइ जनकपुरबाट भ्रमण गर्दैछन् ।

मोदी मधेसी दलका नेताहरुका लागि प्रिय छन् । संविधान जारी हुँदा भारतको इशारामा नै मधेसवादी दलहरुले संविधान संशोधनको नारा लगाएको आरोप लागेको थियो । भारतको नाकाबन्दीलाई पनि खुलेरै समर्थन गरे मधेसवादी दलले । अहिले २ नम्बर प्रदेशमा मधेसी दलकै सरकार निर्माण भएको छ । यस अवसरमा मोदीलाई स्वागत गर्न पाउँदा नेताहरु प्रफुल्लित भएर बसेका छन् ।

ठाउँ-ठाउँमा मोदीको स्वागतको निम्ति प्रवेशद्धार बनाइएको छ । ठाउँ-ठाउँमा बोर्ड, ब्यानरहरु झुन्ड्याइएका छन् । आम नेपाली जनताबाट टाढा भएका मोदी मधेसी दलका नेतासँग टाढा हुन चाहाँदैनन् । आफ्नो पकडमा सधैं राख्न चाहन्छन् । यसकारण मोदीको पहिलो नेपाल भ्रमण प्रदेश नम्बर २ को जनकपुरबाट सुरु हुने छ ।

धर्ममा निकै आस्था राख्छन् भारतीय प्रधानमन्त्री मोदी । उनले यसअघि काठमाडौंमा पशुपतिनाथको दर्शन गरिसेका छन् । जनकपुरधाम प्रसिद्ध धार्मिक स्थल हो । त्यसैले पनि उनको जोड जनकपुरधाम दर्शन गर्नु हुन सक्छ । उनले यसपटकको भ्रमणमा मुक्तिनाथको पनि दर्शन गर्नेछन् । मोदी स्वामी नारायणका भक्त हुन् । तिनै स्वामी नारायणले ज्ञान प्राप्त गरेको स्थानको रुपमा मुक्तिनाथलाई लिइन्छ । राजनीतिमा प्रवेश गर्नुअघि मोदी एकपटक मुक्तिनाथ आएर बसेको समेत जानकार बताउँछन् । यसारण धार्मिक आस्थाले भरिएका मोदीले आफ्नो नेपाल भ्रमण जनकपुरबाट सुरु गर्नेछन् ।

मोदीको यस भ्रमणले प्रश्न खडा भएको छ, मोदी खासमा काठमाडौंको भ्रमणमा आउँदै छन् कि जनकपुरको भ्रमणमा ? यसपटक त उनी काठमडौं सायद घुम्न मात्र आउनेछन् ।  मोदीलाई काठमाडौं महानगरपालिकाले वैशाख २९ गते अपराह्न २ः४५ बजे नागरिक अभिनन्दन गर्नेछ । अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो हस्तान्तरण गर्नेछन् । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।

मोदीको भ्रमणप्रति शुरेस किरणको टिप्पणी यस्तो छ, ‘कुनै एक जमाना थियो, भारतबाटै भगवान् राम पनि जनकपुर आएका थिए, पूरा दलबलसहित । फर्कंदा उनले जनकपुरकी राजकुमारी सीतालाई पनि सँगै लिएर गए । उसै पनि मोदी नेपाल आएपछि मुसुक्क मुस्काउँदै यही भन्छन्, ‘जवानी पहाड में रुक नहीं सकती।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com