ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी उल्टो घुम्नुका यस्ता छन् कारण


एबीसी न्यूज
बैशाख २५, २०७५ मंगलबार  ८ : ३७ बजे
‘जवानी पहाड में रुक नहीं सकती’– नरेन्द्र मोदी

काठमाडौं –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । समान्य परम्पराअनुसार विदेशी राष्ट्रका प्रमुख आउँदा सुरुमा सोझै राजधानी आउनुपर्ने हो । तर, भारतीय प्रधानमन्त्री मोदी त्यो प्रक्रियाबाट आउन लागेका छैनन् । उनको नेपाल यात्रा धनुषाको जनकपुरबाट सुरु हुने भएको छ । जनकपुरपछि मात्र मोदी काठमाडौंमा ओर्लनेछन् । साथै उनी मुक्तिनाथको दर्शन गर्न मुस्ताङ पुग्नेछन् ।

सम्भवतः पहिलोपटक विदेशी राष्ट्रप्रमुख केन्द्रीय राजधानी नआइकन नेपाल भ्रमणमा आउन लागेका हुन्, भारतीय प्रधानमन्त्री मोदी । मोदीको यसप्रकारको भ्रमणलाई आम नेपाली नागरिकले आ-आफ्नो ढंगबाट व्याख्या गरेका छन् । कतिले मोदीले नेपालमा आफ्नो रवैया देखाएको भनि टिप्पणी समेत गरेका छन् ।

नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आउँदा संविधानसभामा मज्जाले भाषणा ठाकेका थिए । ‘नेपाल एक सार्वभोम राष्ट्र हो’ भनेर मोदीले भाषण गर्दा देशभरबाट निर्वाचित  जनप्रतिनिधिले बेस्सरी ताली चुटेका थिए । मोदीले उक्त भ्रमणमा गाडीबाट उत्रिएर नेपाली नागरिकसँग सडकमै हात मिलाए । यस्ता घटनाले मोदी नेपालमा लोकप्रीय बनेका थिए ।

तर तिनै मोदीप्रति नेपाली जनता एकाएक आक्रोशित बने । पहिलो भ्रमणका बोलेका र गरेका अभिव्यक्ति र क्रियाकलाप पपुलारिटीको लागि मात्र थियो भन्ने अनुभुति नेपालीले गरे । जब, नेपालको ऐतिहासिक संविधान घोषणा भएकोमा आपत्ति जनाउँदै अघोषित नाकाबन्दी लगायो, भारतले । नेपालको संविधान आफ्नो चाहनाअनुसार संशोधन गर्न चाहन्थ्यो भारत । तर, उसको चाहना पुरा नभएपछि नेपालीलाई पीडा दिने काम गर्यो नाकाबन्दी लगाएर ।

मोदीको यही कदमबाट नेपाली जनता आक्रोशित छन् । पहिलेको जसतो वाह-वाह अब मोदीले पाउने छैनन्, नेपाली जनताको तर्फबाट । पहिलो पटक काठमडौंको सडकमै ओर्लिएर नेपाली नागरिकसँग हात मिलाएका मोदीलाई अब ती जनता हात मिलाउन ठेलमठेल गर्दै जानेछैनन् । मोदीप्रति नेपाली नागरिकको मनमा घृणा अझै बाँकी नै छ । यही कारणले पनि मोदी काठमाडौं नआइ जनकपुरबाट भ्रमण गर्दैछन् ।

मोदी मधेसी दलका नेताहरुका लागि प्रिय छन् । संविधान जारी हुँदा भारतको इशारामा नै मधेसवादी दलहरुले संविधान संशोधनको नारा लगाएको आरोप लागेको थियो । भारतको नाकाबन्दीलाई पनि खुलेरै समर्थन गरे मधेसवादी दलले । अहिले २ नम्बर प्रदेशमा मधेसी दलकै सरकार निर्माण भएको छ । यस अवसरमा मोदीलाई स्वागत गर्न पाउँदा नेताहरु प्रफुल्लित भएर बसेका छन् ।

ठाउँ-ठाउँमा मोदीको स्वागतको निम्ति प्रवेशद्धार बनाइएको छ । ठाउँ-ठाउँमा बोर्ड, ब्यानरहरु झुन्ड्याइएका छन् । आम नेपाली जनताबाट टाढा भएका मोदी मधेसी दलका नेतासँग टाढा हुन चाहाँदैनन् । आफ्नो पकडमा सधैं राख्न चाहन्छन् । यसकारण मोदीको पहिलो नेपाल भ्रमण प्रदेश नम्बर २ को जनकपुरबाट सुरु हुने छ ।

धर्ममा निकै आस्था राख्छन् भारतीय प्रधानमन्त्री मोदी । उनले यसअघि काठमाडौंमा पशुपतिनाथको दर्शन गरिसेका छन् । जनकपुरधाम प्रसिद्ध धार्मिक स्थल हो । त्यसैले पनि उनको जोड जनकपुरधाम दर्शन गर्नु हुन सक्छ । उनले यसपटकको भ्रमणमा मुक्तिनाथको पनि दर्शन गर्नेछन् । मोदी स्वामी नारायणका भक्त हुन् । तिनै स्वामी नारायणले ज्ञान प्राप्त गरेको स्थानको रुपमा मुक्तिनाथलाई लिइन्छ । राजनीतिमा प्रवेश गर्नुअघि मोदी एकपटक मुक्तिनाथ आएर बसेको समेत जानकार बताउँछन् । यसारण धार्मिक आस्थाले भरिएका मोदीले आफ्नो नेपाल भ्रमण जनकपुरबाट सुरु गर्नेछन् ।

मोदीको यस भ्रमणले प्रश्न खडा भएको छ, मोदी खासमा काठमाडौंको भ्रमणमा आउँदै छन् कि जनकपुरको भ्रमणमा ? यसपटक त उनी काठमडौं सायद घुम्न मात्र आउनेछन् ।  मोदीलाई काठमाडौं महानगरपालिकाले वैशाख २९ गते अपराह्न २ः४५ बजे नागरिक अभिनन्दन गर्नेछ । अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो हस्तान्तरण गर्नेछन् । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।

मोदीको भ्रमणप्रति शुरेस किरणको टिप्पणी यस्तो छ, ‘कुनै एक जमाना थियो, भारतबाटै भगवान् राम पनि जनकपुर आएका थिए, पूरा दलबलसहित । फर्कंदा उनले जनकपुरकी राजकुमारी सीतालाई पनि सँगै लिएर गए । उसै पनि मोदी नेपाल आएपछि मुसुक्क मुस्काउँदै यही भन्छन्, ‘जवानी पहाड में रुक नहीं सकती।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

फेवाताल संरक्षण : ५० वर्ष पुरानो मापदण्डबाट अदालतको आदेशसम्म — डोजर चल्यो, अब के हुन्छ ?

लमजुङमा जिप दुर्घटना- दुई जनाको मृत्यु, १२ घाइते

एमालेको निष्कर्ष : बादलको अभिव्यक्ति त्रुटिपूर्ण, पार्टी नीतिविपरीत

‘सक्ने काम तत्काल गरौं’ – बालेनको जवाफ, सांसदहरूको मुख्य माग बाँदर नियन्त्रण

बादलको विवादास्पद अभिव्यक्ति : एमालेकै नेताहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com