ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सलमानका सहअभिनेतालार्इ नचिने पछि


admin
असार ७, २०७४ बुधबार  ६ : २४ बजे

असार ७ – अनुहारको नाप नक्साले व्यक्तिको वतन वा देशको अनुमान लगाउने चलन नयाँ होइन । झट्ट हेर्दा मंगोलियन अनुहार देखिनेलाई विश्वका धेरै मानिसले चीन, कोरिया वा अरु यस्तै देशको नागरिक भनेर भन्ने गर्दछन् । चुच्चो नाक र गहुँगोरो वर्णका देखिन्छन् भारतीय प्रायद्विपका बासिन्दाहरू । अनि गोरो छाला र अग्लो कद ‘खैरे’, कालो वर्ण र ठूलो ओठ भएका ‘अफ्रिकी’ । व्यक्तिको वतनको आंकलन आम रुपमा यहि आधारमा गरिन्छ । यस्तो आंकलन सधैँ निशानामा लाग्दैन । अनि लाग्छ राष्ट्रियतामा ठेस ।

हेर्दा चीन वा कोरियाबाट आए जस्तो देखिने । बाटुलो अनुहार, चिम्सा आँखा, नेप्टो नाक र गोरो छाला । ८ वर्षको मातिन रे तेग्ङुको अनुहारमा उमंग छ । नहोस् पनि किन, उनी भारतीय चलचित्रमा धेरै प्रभाव पार्न सफल अभिनेता सलमान खानका सहअभिनेता हुन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ट्युबलाइटमा भारत अरुणाञ्चलका ८ वर्षे मातिनले सलमानसँग स्क्रिन बाँडेका छन् । यहि चलचित्रको प्रचार प्रसारको क्रममा भएको एक कार्यक्रममा अरुणाञ्चल इतानगरका मातिनले मंगलबार एक अनौठो प्रश्नको सामना गर्नु पर्‍यो–‘तिमी भारत पहिलो पटक आएको हो ?’

कार्यक्रम भरि रमाइलोसँग प्रस्तुत भएका मातिनले पत्रकारले सोधेको यो प्रश्न बुझेनन्, सलमानले उनलाई बुझाए । त्यसपछि भारतकै एक प्रदेश अरुणाञ्चलका चञ्चले मातिनले प्रश्न गर्ने पत्रकारको मुखमा बिर्को नै लाग्ने जवाफ दिए–‘म भारतमै बस्छु त भारत आउनुपर्छ ?’ यति भनेर मातिन मुस्कुराए ।

धेरैथरी सपनाका आकृति बनाउँदै मेट्दै गर्दा सलमानसँग जोडिएका मातिनमा अहिले अभिनेता बन्ने सपनाले ठूलो आकार लिएको छ । उनको यो सपनाको उडानमा पहिलो गाँसमै राष्ट्रियता माथिको प्रश्न गर्नु रंगभेदी रहेको भन्दै पत्रकारको आलोचना गरिएको छ । मातिनले गम्भीर आरोपको जवाफ सजिलोसँग दिएपनि यसले उठाएको बहसको घेरा साँघुरो छैन ।

मातिनको ट्युबलाइट यात्रा

सन् १९६२ मा भारत र चीनबिच भएको सीमा युद्धको विषयलाई लिएर कविर खानको निर्देशनमा बनेको चलचित्र ट्युबलाइटमा चीनसँग सीमा जोडिएको भारतीय क्षेत्रको बालपात्र खोज्ने क्रममा धेरै मेहनतले मातिनलाई भेट्टाएको निर्देशक कविर खान बताउँछन् ।

भारतीय सेनामा क्याप्टेन रहेका अनुपम तेग्ङुका छोरा मातिन अभिनयमा आउनु अघि सेनाको सेफ बन्न चाहन्थे । तर , अहिले उनको सपना फेरिएको छ । उनी अभियनमै रमाउन चाहन्छन् । लामो प्रक्रियापछि ट्युबलाइटमा जोडिएका मातिनलाई उनको राष्ट्रियता माथिको प्रश्नले अब पिरोल्दै जाला, सुटिङको क्रमदेखि अहिलेसम्म भने आफ्नो नाम शुद्ध उच्चारण नगरेकोमा गुनासो गरिरहन्छन् उनी । चलचित्र ट्युबलाइट आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

सम्बन्धित

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

प्रचण्ड-माधवको नयाँ अपील: बहुमत सुनिश्चित हुँदैछ, घात गर्नेहरूलाई तत्काल कारबाही!

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com