काठमाडौ,२२ वैशाख । काठमाडौंबाट दाङ तर्फ जाँदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ ।
अज्ञात समूहले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्वरको विचमा पर्ने बन्गैं भन्ने स्थानमा शनिबार बिहान पेट्रोल बम प्रहार गरेको थियो। रा ६ ख ३९७० नम्वरको मालिका कालिका प्रालिको बसमा शनिबार बिहान ५ बजेतिर पेट्रोल प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोखरेलले संचारकर्मीलाई जानकारी दिए।
पोखरेलका अनुसार दुई जनाको संख्यामा रहेका अज्ञात व्यक्तिले गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेका थिए। बम प्रहार गरे लगतै चालकको पछाडिको भागमा आगो लागेको थियो। ‘ड्राइभरको पछाडिको एक र दुई नम्वर सिटको नजिकको बडीमा ह्वाहार्ती आगो लागेपछि यात्रु र गाडिका स्टापको प्रयासले आगो निभाइएको हो,’ अध्यक्ष पोखरेलले भने।
काठमाडौंबाट दाङ तुलसपुर तर्फ आउँदै गरेको उक्त बस अहिले प्रहरीले स्कटिङ गरेर दाङ लैजादै गरेको अध्यक्ष पोखरेलले बताए। पेट्रोल बम कस्ले प्रहार गरेको हो? भन्ने सवालमा यकिनका साथ भन्न नसकिने अध्यक्ष पोखरेलले बताए। ‘नेपाल कम्यूनिष्ट पार्टीको पनि नेपाल बन्द छ र अर्को तर्फ यातायात समितिहरु पनि आन्दोलनमा छन्।
प्रतिक्रिया दिनुहोस्