काठमाडौ,२१वैशाख । गाडी चालकले आज आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले आज क्यू फ्री गरेको हो । यात्रुको बढी चाप रहेको ठाउँमा यसरी गाडी चलाउन तथा तोकिएभन्दा बढी भाडा नलिन विभागले आग्रह समेत गरेको छ ।
सिन्डिकेटको विपक्षमा रहेका व्यवसायीले सरकारलाई साथ दिएका छन् । काठमाडौंमा साझा, मयूर, महानगर लगायत कम्पनीका बस नियमित रुपमा सञ्चालनमा छन् ।
आज गाडी नचलाउने व्यवसायीलाई सरकारले कार्वाही गर्ने बताइसकेको छ । अत्यावश्यक सेवामा हडताल गर्नेहरुको विवरण संकलन भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गरिने विभागको तयारी छ ।
सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना निकालेको छ ।
फोटो : रविन्द्र पौडेल
प्रतिक्रिया दिनुहोस्