ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग


admin

काठमाडौँ, २० वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई समस्या भएको उल्लेख गरिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटेर मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

जनताको जीवनसँग जोडिएको तथा सर्वसाधारण, व्यवसायी, उद्योगी, विद्यार्थीलगायत सम्पूर्ण नागरिकको जनजीविकामा प्रत्यक्ष असर पर्ने हुँदा पछिल्लोपटक वृद्धि भएको मूल्य तीन दिनभित्र फिर्ता लिन माग गरिएको हो ।

ज्ञापनपत्रमा मूल्य समायोजन वैज्ञानिक तवरबाट तथा जनतालाई असर नपर्ने गरी हुनुपर्ने, इन्धन आपूर्तिमा एकद्वार प्रणालीको अन्त्य गरी तेस्रो मुलुकबाट पनि आयात गर्न पहल गर्नुपर्ने तथा कालोबजारीलाई कडाइका साथ नियन्त्रण गरी कारबाही गर्न आग्रह गरिएको छ ।

पत्र बुझेपछि मन्त्री यादवले संगठनले राखेका मागप्रति आफू सकारात्मक भएको बताउँदै जनताको प्रत्यक्ष जीवनसँग जोडिएको महत्वपूर्ण उपभोग्य वस्तु हाल स्वचालित मूल्य प्रणालीबाट घटबढ हुने गरेकाले सो विषयमा सरोकार पक्षसँग छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल आयल निगमले बुधबार पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीन वृद्धि गरी पेट्रोल प्रतिलिटर रु १०८ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु ९० कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन्

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

  एजेन्सी, नयाँ दिल्ली २८ चैत । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्

सम्बन्धित

८ महिनाको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ ऋण थपियो

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न निर्देशन

हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा

भारत सरकारको सहयोगमा तराईमा निर्माण भएका १३ ओटा सडक नेपाललाई हस्तान्तरण

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com