ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लव पार्टीका एक नेता भारतमा पक्राउ, दूतावासमा विस्फोट गराएको आरोप


admin
बैशाख १९, २०७५ बुधबार  ५ : ०० बजे

काठमाडौं, १९ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता भारतमा पक्राउ परेका छन्। उनलाई गत वैशाख ३ गते विराटनगरस्थित भारतीय दूतावासको इकाई कार्यालयमा बम विस्फोट गराएको आरोपमा पक्राउ गरिएको हो ।

भारतीय पत्रिका ‘दि इकोनोमिक टाइम्स’ले जनाए अनुसार मोरङ घर भएका ६० वर्षीय सुरेश कुमार राई उर्फ सागर राईलाई कोलकाताको स्पेसल टास्क फोर्सको विशेष टिमले दिल्लीबाट पक्राउ गरेको हो।

इकोनोमिक टाइम्सले प्रहरीलाई उद्‍धृत गर्दै लेखेको समाचार अनुसार राई पार्टीका जिल्ला सचिव हुन्। घटनापछि उनी भागेर दिल्लीमा गएको समाचारमा उल्लेख छ।

विराटनगरस्थित भारतीय दूतावासको इकाई कार्यालयमा गत वैशाख ३ गते बम विस्फोट भएको थियो। दश वर्ष अघि सप्तकोशीमा आएको बाढीपछि राहत र निर्माणको लागि भारतले विराटनगरमा कार्यालय खोलेको थियो। सो कार्यालय बन्द गर्नुपर्ने माग उठे पनि भारतले बन्द गरेको छैन। सोहि कार्यालय नजिकै बम विस्फोट गरिएको थियो ।

विस्फोटमा भवनको पर्खालमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको थियो। विस्फोट नेत्रविक्रम चन्द विप्लव समूहले गराएको प्रहरी स्रोतको दाबी भएपनि विस्फोटको जिम्मेवारी कसैले लिएको थिएन।

भारतमा पक्राउ परेका राईलाई भारतीय दूतावासमा गराइएको विस्फोटको मास्टरमाइन्ड भएको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

रुकुम पुगेर प्रचण्डले भने–संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com