ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रत्नपार्कमा एकैछिन उभिदा..


एबीसी / संवाददाता
बैशाख १९, २०७५ बुधबार  ४ : ०१ बजे

काठमाडौं, १९ वैशाख । सवा ५ भइसकेको थियो । साथीसँग भेट्ने हतारोमा थिए । आफ्नो काम सकीने बितीक्कै बिना अल्मल अफिसबाट निस्की हाले  । साथीलाइ भेट्ने एक्साइटमेन्टमा उसलाइ एक कल फोन पनि नगरी निस्कीएछु । शंकरदेव क्याम्पस अगाडी हिड्दै कल लगाँए । उ त अफिसबाट निस्कीएकै पो रहेन रैछ । बिहान पुग्न ढिलो भएकोले आवर पु-याउनै भएनी ६ बजेसम्म बस्नुपर्ने रे । लैनचैरबाट आउनुपर्ने उ त्यसमाथी ६ बजे बल्ल छुटेर आउनपर्ने भएपछी जमलतीरै गएर उसलाइ कुर्ने भए म । शंकरदेव अद्वैतमार्गबाट रत्नपार्क हुँदै जमलतर्फ हानीँए म ।

रत्नपार्कको पुल चढ्दै गर्दा यस पुलले बेश्याबृतीमा मध्यस्तकर्ताको भूमीका निर्वाह गर्दैआएको बारे एकजना दिदिको कुरा यादआयो । हरेक साँझ यहाँ हुने मानिसको गतिबिधी नियाल्न मन लाग्यो । आज त झन मलाइ समय पनी कटाउनु थियो । कसैको बाटो हेरेर मुन्टो बटार्दै समय बिताउनु भन्दा बरु यही पुलमा हुनेगरेको भन्ने गतिबिधीबारे जानकारी लिन मलाई उचित लाग्यो । खल्तीबाट फोन निकालेर साथीलाइ कल गरीहालँे । म रत्नपार्कमा हुन्छु छुटी भएपछी कल गर्न भनँे ।

पुल चढ्दै गर्दा त्यहाँको दृष्य भने खासै फरक लागेन । मानिसको भिड यती थियोकी हिड्दापनि दुइ चार जना संग ठ्यास्स ठोकीहालीन्थ्यो । बेलुकीको समय घर जाने हतारोले होला सब यसरीनै ठेल्दै र बाटो पन्छाउदंै हिडीरहेका थिए । तर यि हतारमा आफ्नो बाटो हिँड्ने भन्दापनी मेरो आकर्षणको बिषय भने त्यहाँ उभिएर मानिसको मुखमुखमा हेर्ने महीला अनी पुरुष बनेका थिए । यही गतिबिधी नियाल्न म पनि रानीपोखरी पटी झर्ने भर्याङको साइड पारेर यस्सो रेलीङको आढमा उभिए । करिब दुइ मिनेट अडिदानै त्यहाँको माहोल अघी हिँड्दै गरेको भन्दा बेग्लै लाग्यो । मेरो अगाडीबाट पास हुने थोरैको मात्र ध्यान सायद आफ्नो गन्तब्यमा थियो होला । त्यहा हिड्ने अधिकांसको ध्यान बाटोमा भन्दा उभिनेहरुको अनुहारमा हुने गर्दथियो ।

(सुविना आचार्य)
(सुविना आचार्य)

बिभीन्न उमेर समूहका मानीसहरु न त कसैले कसैलाइ चिन्थे त्यो भिडमा तर पनि एक अर्काको इसारालेनै उनिहरुको हाउभाउ बदलीदै थियो । सायद म पनी त्यही पुलमै उभिराखेको भएर होला त्यहा आहोर दोहोर गर्ने पुरुषको नजरले पनि मलाइ केही भन्न खोजे जस्तो लाग्यो । मानिसको नजरैले पनि कति फरक पार्दोरैछ , हुन त साधारण टि सर्ट ,पाइन्ट अनि पातलो लेदरकोे ज्याकेट नै त लगाएकि थिंए मैले । तर अहिले भने ज्याकेटको चेन लगाउनै पर्ने आवश्यक्ता देखें ।

आफुलाई अलीक असहज महसुस भएपछी म त्यही ठाँउमा उभिराख्न सकीन । मलाई यहाँको गतिबीधी नियाल्न पनि पुगेको थिएन । केबल त्यहाँ उभिएका मानिसलाइ देख्दैमा तिनीहरुको नियतलाइ गलत सम्झनु र त्यस क्षेत्रको बारेमा कुनै निष्कर्ष निकाली हाल्न पनि  म गलत हुन सक्थें । एकैठाउँमा बसीराख्नु उचित नलागे पछी रानीपोखरी पटी नै झरी रोडक्रसगरी फेरी रत्नपार्क पटीकै खुड्कीलोमा जान म ओर्लीए ।

फुटपाथमा बेलुकीको बजार चर्कीएको थियो । मोजा सयको तीन जोर … ल ल सस्तोमा सस्तोमा …. इयरफोन सयमा इयरफोन सयमा …. जस्ता आवाजले नकीने पनि राखीएको सामान प्रती भने भिडको नजर तान्न सफल भएको थियो । तर त्यही भिडमा पनि बिना सरसामान कुनामा व्यपारनै गर्न चुपचाप बस आँखाकै इसारामा ग्राहक तान्नेको पनि कमी भने थिएन । त्यो दृष्य निकै पृथक लागेर फेरी एकैछिन म त्यहीं अडीँए । गन्तब्यमा पुग्न आतुरहरु हिड्दै थिए तर अधिकांस भने यता र उता गर्दै रुमलीनेहरु थिए ।

त्यतीकैमा मेरो आँखा गयो एउटा सुटेड बुटेड हेर्दै सरकारी कर्मचारी जस्ता देखीने त्यस्तै ५० बर्ष जतिको एक मानिसमा । उनको लवाइ हेर्दै लाग्थ्योकी पक्कैपनी उनी उच्च ओहोदाको सरकारी कर्मचारी हुन् ।निलो कोट पाइन्ट भित्र सेतो सर्ट र कालो पोलीस गरेको टलक्क टल्कीने जुत्ता, कानमा एयरफोन लगाएर कसैसग बोल्दै हिडीरहेका थिए अझ उनको हातमा बोकेको ब्रिफकेस जस्तो ब्यागलेत कार्यलयबाटै घर फर्कीदै जस्तो देखीन्थे उनी । उनी कुरा गर्दै मेरै साइडमा आएर उभिए । मेरो अनुहार तिर हेर्दै उनी फोनमा हिन्दीमा बातचित गर्दै थिए । त्यस व्यक्ती मेरै छेउमा उभिएपछी त्यही उभिराख्न मन लागेन । अघी सोचेजस्तै फेरी पुलकै खुड्कीलो तर्फ उक्लीए ।

हिड्दै गर्दा कसैले पछ्याए जस्तो लाग्यो । मैले पछाडी फर्कीएर हेरे । त्यस्तै २०-२२ बर्षका तिन जना रहेछन् । उनीहरु स्मार्ट देखिन्थे तर पनि  हाउभाउ हेर्दा भने पाकेटमार जस्तो लाग्यो । उनीहरु न त त्यहाँ अडीग थिए, न त उनिहरुको हिडाँइमा कतै पुग्ने स्फूर्तीनै थियो । आफुलाइ पिछा गरेको जस्तो भान भएपछी आफु त्यही अड्डीँए र तिनीहरुलाई बाटो छाडीदीँए ।अली झीसमीस भइसकेको थियो सडकको बत्ती बालीहाल्ने बेला भने भैसकेको थिएन । मानिसको चाप भइराख्ने त्यस क्षेत्रमा अरुको पाकेटै मार्न अधँेरो कुरीराख्नु आवश्यक पनि थिएन ।

बस चढ्ने र ओर्लने क्रममा थुप्रैको मोबाइल र पर्स हराएको पनि सुनेको थिँए । त्यसैले शतर्कता अपनाउदै हातको फोन ब्यागमा हाले । ट्रेन्ड पछउदै सानो साइडब्याग बोकेको थिएँ । ब्याग आफैलाइ असुरक्षीत लाग्यो कसैले अली बल लगाएर तान्यो भने चुडी हाल्ला जस्तो । साइडमा भिरेको ब्यागलाइ फेरी हातले बलीयो गरी समातँे । एकैछिन अडीँदा फेरी त्यही सुटेड बुटेड अधबैसे मानिस मेरै नजीक आइपुग्यो । अब यतीबेला भने त्यस मानीस प्रतीको मेरो सोच बदलीयो । उ अघी जस्तै हिन्दीमै बोलीरहेको थियो । तर थाहाछैन उ फोनमा बिजीनै थियो की मेरो अगाडी बिजी जस्तो देखीन चाहान्थ्यो । ति अगीका ठिटाहरु बरीपरी नदेखीएपछी फेरी म पुलकै खुड्कीलोमा उभिन पुगे ।

म अली पर एउटा अँगालोमा बेरीएका जोडीलाई या भनौं अँगालोमा बाँध्दै गर्दा केटीको जिउमा सल्बलाइ रहेका त्यो पुरुषको हातलाइ हेर्दै थिएं । त्यतीकैमा फेरी त्यस अधबैसे मानीस मेरै वरीपरी ओहेर दोहोर गर्दै थियो । न त उसको हिँडाइ सामान्य थियो त उसको म प्रती को हेराइनै । अब भने त्यस व्यक्तीको नियतमा शंका गर्न म बाध्य भइसकेको थिँए । उसलाइ हेर्दा भने हिन्दी फिल्ममा देखाइने मध्यस्तकर्ताको झल्को आउन थालेको थियो मलाइ । त्यस मानीसलाइ देखेर मैले केही प्रतीक्रीया दिनु अघीनै अगीका पिछा गर्ने तिन जन मध्यको एउटाले जाने हैन ? सोध्यो । मेरो मुटुले ठाउँ छोड्यो । गाडिको टाँइ टाँइ र टँुइ टुँइ भन्दापनी डर ले मेरो मुटको ढुकढुक आवाज झन् ठुलो सुनिन थालेकोथियो ।

पहीलेको ३० सेकेन्ड जति त म निशब्द बने । त्यस पछी फेरी आफु पत्रकार भएकोमा घमण्ड जाग्यो । हाम्रो पेशाले पनि हामीलाई जस्तो अबस्थालाइ पनी आफु अनुकुल प्रयोग गर्न सिकाउँथ्यो ।अझ यस व्यक्ती संग कुरागरेर पर्याप्त जानकारी लिन सकेत एउटा राम्रो रिपोर्ट बन्छ जस्तो मलाई लाग्यो । तर यती बेला सम्ममा मलाइ आफु एउटा भ्रममा रहेको भान भयो ।

मलाइ लाग्थ्यो यसरी सहजै कसैसँग पनी शारीरीक सम्बन्धका लागी उपलब्ध हुनेहरु उनिहरुको लवाइ र चाल चलनले छुटीन्छन् । तर यस्तो होइन रहेछ । कुनै पनी पुरुषको सामु निर्वस्त्र उभिन सायदै कसैको रहर हुन्छ । यदि कोही स्त्री उभिइहाल्छे भने त्यस्को दइटै कारण हुन्छ । पहिलो यात उ प्रेममा हुन्छे या त कुनै मजबुरीमा । यदी उसले कसैलाइ प्रेम गर्छे भने आफ्नो पुरुषको खुसीमा नग्न हुन्छे । यात उ आफ्ना अभावको परीपूर्ती गर्न मजबुरीमा आफ्नो स्वाभीमान बेच्छे । तर त्यस भिडमा प्रेममा खातीर उभिने सायदै कोही थिए होलान । तर मेरो मनमा ठुलो प्रश्न खड्केको थियो । के मेरो व्यक्तित्व हेर्दा केही अभाव भएजस्तो देखीन्थे र म ? आखीर कीन मलाई शारीरीक सम्बन्धको लागी त्यहा सहजै उपलब्ध ठानीयो ? के यहाँ एक्कैछिन उभिनु गलत थियो ? तर मनमा एउटा अठोट भने पलाइसकेको थियो, यस पुल आसपासमा हुने यस्तै गतिविधीको गहिराईमा पुग्न मलाई यही प्रश्नले हौसला दिइरहेको थियो ।

मनमा भने अनौठो डरले डेरा जमाइरहेको थियो तर अब मैले पछि हट्नु भनेको मेरा निमित्त जानकारी बाट विमुख हुने बाटो तर्फ लाग्नु थियो । मेरा लागी यी सबै प्रश्नको जबाफ त्यही प्रस्ताबकले दिन सक्थ्यो । त्यसैले मैले पनि उस्कै प्रश्न अनुसारको जवाफ दिन थालें र प्रतीप्रश्न गरें “जानलाई अफोर्ड गर्न सक्छौ” ? उसले मधेसी लबजमा भन्यो रेट कती छ र ? अब भने त्यहाँ उभिएकोमा मलाइ ग्लानी हुन थाल्यो । आफ्नो रेट भन्न पर्नेथियो मैले । आफ्नो मूल्य तोक्नु सायद कसैलाइ पनि सह्य हुंदैन । मैलेपनी आफ्नो रेट तोक्न उचित ठानीन । कुरा मोडें मलाइ आफ्नो प्रश्नको जबाफ चाहीएको थियो । कुराको पृष्ठभूमी रच्दै सोधें कती टाइमको लागी ? उत्तर फर्काइ हाल्यो ”होल नाइट , म सगं मेरो तिन जना साथी पनि  हुन्छन् ।” ओहो सुनेरै झसंग भए म । मलाइ मेरो अगी भेट्ने भनेको साथीको याद आयो । कुरा टुङगाउन तर्फ लागँे म । सोधँ,े तपाइलाई किन म तपाइ सगं जान्छु जस्तो लाग्यो ? उसले मेरो कुरा बुझेन । भन्यो ”अरे रेट त भन पहिला, मिलाएर हामी दिइ हाल्छौ ।” अब भने मैले मेरो परिचय दिन आवश्यक सम्झें । आफु पत्रकार भएको खुलाउँदै फेरी सोधँे किन म तपाइ सँग जान्छु जस्तो लाग्यो तपाइलाइ । अब भने उ अली हड्बडाउदै भन्यो ”सबैजना यहाँ यस्तै को लागी त उभिन्छ । यहाँ काम नहुनेत आफनो बाटो गैहाल्छनी , यहा मान्छेको मुख हेरेर थोडीन बस्छ ।” अब बल्ल मैले आफ्नो जबाफ पाँए ।

परिस्थिति हेर्दा लाग्यो कि त्यस क्षेत्रमा एकछीन अल्मल गर्नु नै मेरो गल्ती भएको रहेछ । ब्यागबाट फोन निकालँे साथीको ३ वटा मिस्डकल भइसकेको रहेछ । कल ब्याक गरँे, फोन रिसिभ नगरेकोमा आक्रोसीत भयो । जमलको मःमःलीसीयसमा आउन भन्यो पाँच मिनेटमा पुग्ने आश्वासन दिदै रोडक्रश गरी घण्टाघर हुँदै जमलको तर्फ लाग्दै थिए । फेरी अगीको सुटेड बुटेड अधबैसें मान्छेले रोकीहाल्यो । अघि त्यो केटा संग कुरा गरेको देखेको रैछ । उता कुरा नमीलेको भए रातको पन्ध्र हजार सम्ममा मिलाइ दिन सक्छु भन्यो । म केही नबोली आफ्नो बाटो लागँे । त्यहाँ मैले बोली रहनु केही आवश्यक नै थिएन ।

दैनिक हजारौँले वार पार गर्ने पुल सबैको नजरकै सामु त्यसरी दुषित भैरहेको थियो । यस बारे कतिलाई जानकारी छैन होला वा जानेरै पनि कतिले वेवास्ता गरिरहेका होलान् । मेरो मनस्पटलमा त्यो क्षण यसरी कैद भयो कि शायदै मैले ति स्थानहरुलाई अब सामान्य नजरबाट मात्रै हेर्न सकुँ !

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com