झापा, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर शुद्ध खानेपानीको अभाव नहुने बताएका छन् ।
दमकमा बुधबार आयोजित एक कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले दमकमात्रै नभएर देशैभरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताएका हुन ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले दमक–रवि बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाउने बताउँदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै दमक नगरपालिका परिसरमा धिमाल जातिको प्रतिमा अनावरण गरेका छन् । दमक नगरपालिकाले २०७४ असोज ३० गते नगर सभाबाटै प्रतिमा राख्ने निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्