‘अब त्यस्तो चल्दैन । जहाँ पायो त्यहाँ छाप्रो हाल्ने, हामी नागरिक होइनौं हामीलाई हटाउन पाइन्छ ?’ भनेर निहुँ खोज्न अब पाइदैन’ उनले भने । सबै मानिस गरिखाने बाटोतिर लाग्नुपर्ने भन्दै ओलीले त्यसको व्यवस्था सरकारले गर्ने बताए ।
उनले सुकुम्बासी समस्याको समाधान पनि योजनावद्ध ढंगबाट गरिने बताए । नेपालमा व्यवस्थित शहर नै नभएको भन्दै उनले स्थानीय सरकारहरुले त्यसको पहल गर्नुपर्ने बताए । अस्पताल, शिक्षालय, बजार, मनोरञ्जनस्थल आदि एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्