ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरमा स्वच्छ खानेपानी सरकारको प्राथमिकता– मन्त्री मगर


एबीसी न्यूज
बैशाख १५, २०७५ शनिबार  ७ : ४९ बजे

 

काठमाडौँ, १५ वैशाख ।   खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले देशैभरका सबै स्थानीय तह र गाउँमा खानेपानी सुविधा पु¥याउने मार्गचित्रको तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजित बलम्बु खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले विगतमा सरकारले खानेपानीलाई प्राथमिकतामा नराखेकाले यसअघि समस्या समाधान हुन नसकेको बताउनुभयो ।

“देशभरिको खानेपानीको अवस्थाबारे यकिन विवरण नै संकलन भएको छैन”, उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहको विस्तृत योजना बनाउने तयारी गरिरहेका छाँै ।”

तराई तथा पहाडका फरकफरक भूगोलमा खानेपानी वितरणको छुट्टाछुट्टै योजना बनाइने मन्त्री मगरले बताउनुभयो । तराई क्षेत्रमा बग्ने नदीको पानी प्रशोधन गरेर तराईमा स्वच्छ खानेपानी पु¥याउन आठवटा ठूला योजना कार्यान्वयन गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने योजना बनेको उहाँको भनाइ थियो ।

जनतालाई स्वच्छ खानेपानी पु¥याउने योजना सेवामूलक भएको उल्लेख गर्दै उहाँले पानीमा आधारित उद्योगले सञ्चालन गरेर रोजगारी र आयआर्जन वृद्धि गर्ने व्यावसायिक योजनासमेत बनेको उहाँको कथन थियो ।

मेलम्चीको पानी छिटो काठमाडौँ ल्याइने र लार्के तथा याङ्ग्रीको पानीसमेत त्यसमै जोड्ने योजना बनेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले काठमाडौँका जनतालाई रेल र पानीजहाजभन्दा पनि अहिले स्वच्छ पिउने पानीको जरुरी रहेको बताउनुभयो ।

यसैबीच मन्त्री मगरले उपत्यका क्षेत्रका खानेपानी मुहानको सुरक्षा, संरक्षण र संवद्र्धनको जिम्मा सरकारले लिने गरी विशेष योजना बनिरहेको बताउनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–६ सिखर्पास्थित बासुकी सिखर्पा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहिलो साधारणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले खानेपानीका मुहान संरक्षण गर्नु अनिवार्य रहेको बताउनुभयो ।

वातावरणमा हुने मानवीय अतिक्रमणले खानेपानीका मुहान सुक्ने अवस्था आएकाले व्यवस्थित बस्ती निर्माणलाई ध्यान दिएर खानेपानी पूर्वाधार सबै बस्तीमा खानेपानी सुविधा उपलब्ध गराइने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com