ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब विदेशी हस्तक्षेप बन्द हुन्छ – नारायणकाजी


एबीसी न्यूज
बैशाख १५, २०७५ शनिबार   १ : ३५   बजे


गोरखा, १५ वैशाख । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अब विदेशी हस्तक्षेप बन्द हुने बताउनुभएको छ ।

गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले एमालेसँगको पार्टी एकता हुने विषयमा अब कुनै शंका नरहेको बताउनुभयो । एकतामा ढिलाई भैरहनुको एउटा कारण विदेशी चलखेल पनि हो रु भन्ने प्रश्नमा श्रेष्ठले एकतामा कसैले कुनै चलखेल गर्न नसक्ने दावी गर्नुभयो ।

‘हामीले चलखेल भैसकेको भनेका छैनौं, चलखेल हुन सक्नेतर्फ सचेत हुनुपर्छ भनेका हौं’, उहाँले भन्नुभयो, ‘कसैले चलखेल गरेको भए त यसले ग¥यो है भनिहाल्थ्यौं नि ।’ नेपालको आन्तरिक मामिलामा कुनै पनि देशको कुनै पनि प्रकारको चलखेल स्विकार नगर्ने उहाँको दावी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणले पार्टी एकतामा केही फरक पार्न सक्छ भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘एकताका कुरालाई मोदी वा अरु कसैसँग जोड्नु जरुरी छैन, म फेरि जोड दिएर भन्न चाहन्छु, नेपालको आन्तरिक मामिलामा अरु कसैको हस्तक्षेप स्विकार गर्ने वा हस्तक्षेप आमन्त्रण गर्ने दिन गए ।’

फरक पृष्ठभूमिबाट आएका दुई ठूला पार्टीको एकिकरण सहज नभए पनि त्यसको आधार भने तय भैसकेको नेता श्रेष्ठको दावी छ । पार्टी एकता संयोजन समितिले सांगठनिक संचरना र राजनीतिक प्रतिवेदन तयार गरिसकेको श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले एकताको अन्तिम टुंगो दुवै पार्टीका अध्यक्षले लगाउने बताउनुभयो ।

‘२० गते उहाँहरुले थप छलफल गर्नुहुन्छ’, श्रेष्ठले भन्नुभयो, ‘त्यसको एक दुई दिनमा पार्टी एकता संयोजन समितिको बैठक बस्छ र पार्टी एकताको मिति घोषणा गरिन्छ ।’ एकतापछिको पार्टीमा कुन नेताको के भूमिका हुने भन्ने विषयमा पनि छलफल हुने गरेको उहाँले स्विकार गर्नुभयो । तर कुन पदमा को बस्ने भन्ने विषयले नै एकता प्रक्रियामा अवरोध नगरेको उहाँको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

प्रधानमन्त्री बालेन शाहले संसदमा गम्भीर झुट बोले : विपक्षीको तीव्र आक्रोश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

Prime Minister Balen Shah Accused of Lying in Parliament : Strong Opposition Outrage

सरकारको ध्यान आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा छ : प्रधानमन्त्री

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छः प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले संसदमा गम्भीर झुट बोले : विपक्षीको तीव्र आक्रोश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group