ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसएसबीको ज्यादती नेपाल तर्फका संरचनामा तोडफोड र दुर्व्यवहार  


एबीसी न्यूज


कञ्चनपुर, १५ वैशाख । कञ्चनपुरको दक्षिणी सिमावर्ती क्षेत्रमा भारतीय सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्यादती गरेको छ । जिल्लाको पुर्नवासमा नगरपालिका वडा नम्वर–९ बिचफाटा स्थित दशगजा क्षेत्रमा भारतीय सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्यादती गरेको हो । हात्ती आतङ्क रोक्न लगाउँदै गरेको फेन्सी तारवार तोडफोड गरिएको छ भने नेपाली माथि हातपात समेत गरेको स्थानियले आरोप लगाएका छन् ।

नेपाल भारत सिमाना स्थित बिचफाँटामा हातहतियार सहितको ठूलो सँख्यामा आएको भारतीय प्रहरीले विद्युतीय फेन्सी तारवार लगाउन रोक लगाउँदै बनाएका संरचनामा समेत तोडफोड गरेको पुनर्वास नगरपालीका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण प्रसाद जैसीले बताए । ‘दूई महिना अघि मौखिक सम्झौता गरेर काम थालनी गरेपनी सो क्षेत्रमा नयाँ आएका एसएसबी प्रमुख राजीव कुमार सहितको टोलीले दुव्र्यवहार गरेको हो’ उनले भने, ‘सिमामा एसएसबीको ज्यादती सहि सक्नु छैन ।’

समान्य कामकाजका लागि समेत भारत तर्फ जानुपर्ने नेपालीको बाध्यता लाई फाइदा उठाउँदै एसएसबीले समय समयमा सास्ती दिने गरेको स्थानीय बताउँछन् । नेपाली भूमीमा आएर बनाएको संरचनामाथि तोडफोड गर्नुले भारतको नेपाली र नेपाल माथिको हेपाहा प्रवृती भएको उनिहरुको भनाइ छ । सीमा समस्या अन्तर्राष्ट्रिय समस्या भएकाले यसलाई कुटनितिक तवरले सुल्झाउन जरूरी रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक दलराम टमटाले बताए । समस्या समाधानका लागि २/४ दिन भित्रैमा नेपाल भारतको संयुक्त सीमा सर्वे टोली आईपुग्ने र सीमा निर्धारण गरिने उनले बताए ।

भारतीयको दादागिरी र हेपाहा प्रवृतीले नै बेलाबेलमा सीमा समस्या निम्तिने गरेको पुनर्वास नगरपालीकाका नगर प्रमुख जीवनरजा थापाले बताए । ‘सिमामा हुने समस्या तल्लो तहबाट समाधान गर्न सकिदैन’, उनले भने, ‘समस्या सामाधानका लागि सरकारी स्तरबाट नै पहल थालिनुपर्छ ।’

गत बर्ष पनि एसएसबीले गरेको ज्यादतीका कारण कञ्चनपुरमा भएको आन्दोलनमा गोवीन्द गौतमको ज्यान गएको थियो । उक्त घटनापछि थोरै साम्य भएको विवाद एसएसबीको ज्यादीपछि फेरि चर्किएको छ । यसरी बेलाबेलामा भइरहने विवाद अन्त्यका लागि स्थानीय वासिन्दाले सरकारलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com