ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हो दम तथा एलर्जी यस बाट कसरी सुरक्षि हुने ?


एबीसी न्यूज


दम अर्थात् अस्थमा श्वासप्रश्वाससंग सम्बन्धित रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई दम अर्थात् आस्थमा हुन सक्दछ । यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई आस्थमा हुने गर्दछ ।

दम रोगमा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन् जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई सास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ, स्वाँ हुने, छाती गह्रौ हुने लगायतका लक्षण हुने गर्दछन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करीब २५ करोड मानिस दम को समस्याले पिडित छन् । दम रोगका कारण हजारौं ले वर्षेनी ज्यान गुमाउनु परेको अवस्था छ ।

मृत्यु हुने मा ८० प्रतिशत जति नेपाल जस्ता कम विकसित तथा विकासोन्मुख मुलुकका नागरिक पर्ने गर्दछन् । यो रोग जुनसुकै उमेर समूहका मानिसलाई पनि हुन सक्छ । दम रोगले बालबालीकाहरुलाई पनि सताउन सक्छ । बढि मात्रामा चिसो मौसममा सताउने यो रोगले मौसम परिवर्तन हुने समयमा पनि सताउने गर्दछ । बालालीकामा देखिने धेरै समस्या स्वास प्रस्वास नै हो । अहिले हाम्रो देशमा बाल मृत्युदर बढाएको प्रमुख रोगहरु मध्ये स्वासप्रश्वास पनि एक प्रमुख कारक तत्व भएको ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालका दम तथा एलर्जी रोग विशेषज्ञ डा सञ्जयराज थापाको भनाइछ ।

उहाकानुसार दम हुने कारणहरुमा यदि परिवारमा कसैलाई दम को बिमारी छ भने पनि दम रोग हुन सक्छ । एक्जेमा, राइनाइटिस जस्ता एलर्जिक रोगहरु छन् भने, धूलो धूवाँको कारण र धूमपान गर्ने व्यक्तिलाई, प्रदूषित वातावरणका कारण हुन सक्छ ।
बालबालीकामा दम हुँदा सास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउने गर्छ ।

शुरुशुरुमा यस्तो लक्षण हप्ता वा अझै लामो अन्तरालमा एक पटक हुने गर्छ । तर, रोग जटिल हुँदै गएको खण्डमा दिनहुँ जस्तो समस्या आइपर्छ । दमका बिरामीलाई सामान्य रुघाखोकी भएको बेला वा भाइरल इन्फेक्सन भएको अवस्थामा पनि दम जटिल बन्दै जाने हुन्छ । यसबाट बच्न एलर्जी बढाउने तत्वबाट टाढा रहनु पर्छ । धूलो र धूवाँ बाट आफू बच्ने बालबालीकालाई बचाउने, गलैंचा, खेलौनाआदिको धूलो सँग जोगिने, चिसो हावा, फ्रीजको चिसो खानेकुरा तथा पिउने कुरा नखाने, स्वस्थकर खानपानमा ध्यान दिन चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com