१४ असार, लिवाङ । रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालेपछि मतदान स्थागित भएको छ। भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र एसिड हालिएको हो ।
एसिडले केही मतपत्र जलेका छन् । अहिले सो केन्द्रको मतदान स्थगित भएको छ । एसिडले चारवटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हाललाई स्थगित गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
एसिड हाल्ने व्यक्तिको पहिचान भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै जनता आधारभूत विद्यालय थवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिकामा आगो लगाइ मतपत्र जलाएका छन् ।
रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको छ
प्रतिक्रिया दिनुहोस्