ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पमा ज्यान गुमाएका ३१ को शव अझै सनाखत हुन सकेन, यसरी गाडिएका छन् शव 


एबीसी न्यूज
बैशाख १२, २०७५ बुधबार   ७ : ५४   बजे

काठमाडौं, १२ वैशाख । त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको शव सुरक्षित तवरले गाडेर राखेको छ ।
२०७२ वैशाख १२ को महाभूकम्पमा परी ८ हजारभन्दा बढीको ज्यान गएको थियो । भूकम्पको तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये ३१ शव पोस्टमार्टम भए पनि अझै सनाखत भएको छैन ।
सनाखत हुन बाँकी शव त्रिवि फरेन्सिक मेडिसिन विभागले जुनसूकै बेला निकाल्न सक्ने गरी सुरक्षित रुपमा गाडेको छ ।

सबै शव व्यवस्थित रूपमा गाडिएको फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा. हरिहर वस्तीले बताए । कुनै पनि समयमा आफन्तहरू शव खोज्न आए दिन मिल्ने गरी गाडिएको उनको भनाइ छ ।

‘भूकम्प आएपछि महिनौँसम्म विभागभित्र छिरिसक्नु थिएन । जताततै शव थिए । विभागवरिपरि दुर्गन्धित थियो,’ डा. वस्तीले भने, ‘सनाखत हुन नसकेका शव व्यवस्थापन गर्न कठिनाइ भएका कारण भुकम्प गएको लगभग ११ महिनापछि अर्थात चैत ५ गते व्यवस्थित रूपले गाडिएको हो ।’

विभाग अगाडिको खाली आठ आना जग्गाको एक छेउमा अंग्रेजी अक्षरको एल आकारमा ३२ शव गाडिएको डा. वस्तीले जानकारी दिए । उनले भने, ‘आठ आना जग्गाको उत्तर पट्टीको छेउमा हालसम्म शवहरू नगाडेको स्थान थियो । दश जना मजदुरलाई तीन दिन सम्म खाडल खन्न लगाएर शव गाडिएको छ । शव गाड्दा एकले अर्को शव छोइएको छैन ।’

अंग्रेजी अक्षरको एल आकार बनाएर प्रत्येक खाडल पाँच फिट गहिरो खनिएको छ । गाड्दा एक शवले अर्को शवलाई छोएको छैन । १६ शव ठाडो लाइनमा र १६ शव तेर्सो लाइनमा राखेर गाडिएको छ । हरेक शवसँगै फलामको नम्बर प्लेट राखिएको छ । सहजै पहिचान गर्न जमिनमाथि पनि नम्बर प्लेट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहले संसदमा गम्भीर झुट बोले : विपक्षीको तीव्र आक्रोश

सरकारको ध्यान पैसा बढाउनेमा छ : प्रधानमन्त्री बालेन शाह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको ध्यान आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा छ : प्रधानमन्त्री

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छः प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले संसदमा गम्भीर झुट बोले : विपक्षीको तीव्र आक्रोश

आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छः प्रधानमन्त्री शाह

सरकारको ध्यान पैसा बढाउनेमा छ : प्रधानमन्त्री बालेन शाह

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री बालेन शाह : ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group