काठमाडौं, ९ वैशाख । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देवको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ ।
वियरको लेबलमा हात राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘वीरेन्द्र वियर’ सामाजिक संजालमा सार्वजनिक भएपछि नेपालीहरूले आलोचना गरिरहेका छन् ।
स्वीस कम्पनीले बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखेको छ । वेबसाइटमा उल्लेख भएअनुसार यसको एक बोतलको मूल्य स्वीस फ्रयाङ्क ४४.४० अर्थात ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ । त्यस्तै अर्को एक बोतलको मूल्य १.८५ अर्थात करिब दुईसय रुपैंयाँ पर्न आउने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्