ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलालार्इ थाहा हुँदैन हर्टअट्याक ?


एबीसी न्यूज
बैशाख ६, २०७५ बिहीबार   ११ : ०५   बजे

Image result for हर्टअट्याक ?

एजेन्सी– ५५ वर्षभन्दा कम उमेरमा महिलाले कहिलेकाही हृदयाघातको लक्षण थाहा नपाउने गरेको एक अध्ययनले देखाएको छ । यस्तै,  हृदयाघात भएर अस्पताल भर्नामा भएकामध्ये पुरुषकोभन्दा महिलाको मृत्यु हुने सम्भावना बढी भएको पनि देखिएको छ।

हृदयाघात भएर अस्पताल भर्ना भएकामध्ये आधाभन्दा बढीले पहिले मुटुसम्बन्धी लक्षण महसुस नगरेको चिकित्सकहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हृदयाघातको लक्षणलाई अरु नै ठान्नाले पनि एउटै उमेरमा पुरुषभन्दा युवा महिलाको मृत्यु हुने खतरा बढी छ ।’ ‘दि जर्नल सर्कुलेसन’ मा यो अध्ययन प्रकाशित छ।

यस्तै अवस्था आयोवाकी ४२ वर्षीया मेलिसा मर्फीमा भयो । २ वर्षअघि मध्यराती २ बजे उनलाई एक्कासी छाती गार्‍हो भयो । सुरुमा उनले क्याफिनको कारणले होला भनेर वास्ता गरिनन् । तर अचानक उनको दिमागमा एउटा उपाय आयो । उनले श्रीमानसंग फोन मागेर अनलाइनमा ‘महिलामा हृदयाघातका लक्षण’ भनेर सर्च गरिन् । यहीबीचमा दुखाई बढ्दै थियो  र दुखाई देब्रे बंगारामा भयो । अनि एम्बुलेन्स बोलाएर अस्पताल पुगिन् । समयमै उनको उपचार भयो।

अध्ययनअनुसार अधिकांश महिला तथा पुरुषमा हृदयाघातको लक्षणका रुपमा छाति दुख्ने हुन्छ ।तर महिलाहरुले कहिलेकाही छाति दुखेको महसुस नगर्ने हुन्छन् । सन् २००१ र २०१० का बीचमा गरिएको अध्ययनअनुसार अस्पतालमा हुने हृदयाघातका मृत्यु महिलामा ३.३ देखि २.३ प्रतिशत थियो भने पुरुषको मृत्यु २ देखि  १.८ प्रतिशत देखिएको थियो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हरेक ४० सेकेन्डमा हृदयाघात हुने गरेको छ । बेलायतमा भने हरेक ७ मिनेटमा एकजनालाई हृदयाघात हुने गरेको च्यारिटी हर्ट युकेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हुने मृत्युमध्ये कोरोनरी हार्ट डिजिजजस्ता मुटु रोग प्रमुख कारा हुने गरेको छ।

यस्तै, अगष्ट २००८ देखि जनवरी २०१२ को बीचमा अमेरिकाका १ सय ३ अस्पतालमा गरिएको अध्ययनअनुसार भर्ना भएका १८ देखि ५५ वर्षका मानिसमध्ये महिलाको संख्या २००९ थियो भने पुरुषको संख्या ९७६ थियो ।

महिलामा देखिने हृदयाघातको थप लक्षण
अपच
पेट दुखाई
घाँटी र बंगाराको दुखाई
नाडीमा पीडा र असजिलोपन
श्वास फेर्न अप्ठेरो हुनु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group