ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलालार्इ थाहा हुँदैन हर्टअट्याक ?


एबीसी न्यूज

Image result for हर्टअट्याक ?

एजेन्सी– ५५ वर्षभन्दा कम उमेरमा महिलाले कहिलेकाही हृदयाघातको लक्षण थाहा नपाउने गरेको एक अध्ययनले देखाएको छ । यस्तै,  हृदयाघात भएर अस्पताल भर्नामा भएकामध्ये पुरुषकोभन्दा महिलाको मृत्यु हुने सम्भावना बढी भएको पनि देखिएको छ।

हृदयाघात भएर अस्पताल भर्ना भएकामध्ये आधाभन्दा बढीले पहिले मुटुसम्बन्धी लक्षण महसुस नगरेको चिकित्सकहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हृदयाघातको लक्षणलाई अरु नै ठान्नाले पनि एउटै उमेरमा पुरुषभन्दा युवा महिलाको मृत्यु हुने खतरा बढी छ ।’ ‘दि जर्नल सर्कुलेसन’ मा यो अध्ययन प्रकाशित छ।

यस्तै अवस्था आयोवाकी ४२ वर्षीया मेलिसा मर्फीमा भयो । २ वर्षअघि मध्यराती २ बजे उनलाई एक्कासी छाती गार्‍हो भयो । सुरुमा उनले क्याफिनको कारणले होला भनेर वास्ता गरिनन् । तर अचानक उनको दिमागमा एउटा उपाय आयो । उनले श्रीमानसंग फोन मागेर अनलाइनमा ‘महिलामा हृदयाघातका लक्षण’ भनेर सर्च गरिन् । यहीबीचमा दुखाई बढ्दै थियो  र दुखाई देब्रे बंगारामा भयो । अनि एम्बुलेन्स बोलाएर अस्पताल पुगिन् । समयमै उनको उपचार भयो।

अध्ययनअनुसार अधिकांश महिला तथा पुरुषमा हृदयाघातको लक्षणका रुपमा छाति दुख्ने हुन्छ ।तर महिलाहरुले कहिलेकाही छाति दुखेको महसुस नगर्ने हुन्छन् । सन् २००१ र २०१० का बीचमा गरिएको अध्ययनअनुसार अस्पतालमा हुने हृदयाघातका मृत्यु महिलामा ३.३ देखि २.३ प्रतिशत थियो भने पुरुषको मृत्यु २ देखि  १.८ प्रतिशत देखिएको थियो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हरेक ४० सेकेन्डमा हृदयाघात हुने गरेको छ । बेलायतमा भने हरेक ७ मिनेटमा एकजनालाई हृदयाघात हुने गरेको च्यारिटी हर्ट युकेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हुने मृत्युमध्ये कोरोनरी हार्ट डिजिजजस्ता मुटु रोग प्रमुख कारा हुने गरेको छ।

यस्तै, अगष्ट २००८ देखि जनवरी २०१२ को बीचमा अमेरिकाका १ सय ३ अस्पतालमा गरिएको अध्ययनअनुसार भर्ना भएका १८ देखि ५५ वर्षका मानिसमध्ये महिलाको संख्या २००९ थियो भने पुरुषको संख्या ९७६ थियो ।

महिलामा देखिने हृदयाघातको थप लक्षण
अपच
पेट दुखाई
घाँटी र बंगाराको दुखाई
नाडीमा पीडा र असजिलोपन
श्वास फेर्न अप्ठेरो हुनु

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com