काठमाडौं, ६ वैशाख । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस नवौं व्याचमा अध्ययनरत मनिष मिश्रलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी वालन वेलाही गाउँपालिका ४ का २२ वर्षिय मनिष मिश्रमाथि सुनसरी इहटरी घर भएकी किशोरीलाई बलात्कार गरेको गरेको अभियोग छ । मिश्रले विराटनगरस्थित एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई दूधफारमस्थित आफनो कोठामा बोलाएर मंगलबार साँझ बलात्कार गरेको उजुरी परेको छ ।
किशोरीले बुधबार किटानी जाहेरी दिएपछि मिश्रलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्