ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायु प्रदुषणका कारण नेपालमा मृत्युदर दक्षिण एसियाकै उच्च


एबीसी न्यूज
बैशाख ६, २०७५ बिहीबार   ८ : ४९   बजे


काठमाडौं, ६ बैशाख । दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ ।

हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्वन्धी रिपोर्ट २०१८ सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा प्रति एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुने गरेको छ ।

यो दक्षिण एसियाकै उच्च हो । दोस्रो स्थानमा पाकिस्तान छ, त्यहाँ २०७ एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुन्छ । बंगलादेशमा १९८, भारत १९४ छ । सबैभन्दा कम भुटानमा छ, त्यहाँ एक लाख मृत्युमा वायु प्रदुषणका कारण ११४ छ ।

नेपालमा वायु प्रदुषणका कारण हुने मृत्युको दर चीनको भन्दा पनि बढी पाइएको छ । चीनमा यो दर ११७ रहेको विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्टले जनाएको छ ।

सन् २०१६ मा नेपालमा ३५ हजार ८८६ जनाको मृत्यु वायु प्रदुषणका कारण भएको मानिन्छ ।

यो दर सबैभन्दा बढी अफगानिस्तानमा छ । त्यहाँ प्रति एक लाख मृत्युमा ४०६ वायु प्रदुषणका कारण हुन्छ । पपुवा न्यूगिनीमा यो दर ३२२ रहेको पाइएको छ ।

नेपालको हावा अति प्रदुषित

अध्ययनअनुसार नेपालमा वायु प्रदुषण (पीएम २।५० को मात्रा दक्षिण एसियाकै दोस्रो उच्च पाइएको छ । पीएम २।५ आखाले देख्न नसक्ने प्रदुषणका काण हो, जसबाट क्यान्सर लगायतका थुप्रै रोगको संक्रमण हुन्छ ।

प्रतिवेदनअनुसार बंगलादेशमा छ प्रति क्युविक मिटर हावामा पीएम २.५ को मात्र १०१ मिलिग्राम छ ।
नेपालमा ७६ मिलिग्राम पाइएको छ । भारत र पाकिस्तानमा ७६ मिलिग्राम छ । चीनमा ५६ मिलिग्राम छ । सबैभन्दा बढी प्रदुषित हावा उत्तर अफ्रिकामा छ ।

जबकी विश्व स्वास्थ्य संगठनका अनुसार प्रति क्युविक मिटर हावामा पीएम २।५ को मात्र २० मिलिग्राम हुनुपर्छ । तर, नेपालमा झण्डै चार गुणा बढी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group